स्त्रीको चरित्र आँखी भौंबाट थाहा पाउनुहोस्

Posted on: 22 Jan, 2017

कुनै पनि मानिसको आँखी भौं ले उसको स्वभाव र व्यक्तित्वका केही रहस्यहरु थाहा पाउन सकिन्छ । भौं को बनावट र रंगले समेत व्यक्तिको बारेमा धेरै कुरा बताउँछ । कसैको आर्थिक अवस्था त कसैको मनका कुराहरु पनि आँखी भौं हेरेर पत्ता लगाउन सकिनेछ ।

समुद्रशास्त्रका अनुसार जुन स्त्रीको आँखी भौं चन्द्रमाको आकार जस्तो छ र दुवै भौं एक आपसमा टाढा छन् भने उक्त स्त्री एकदमै भाग्यमानी हुन्छिन् ।  तिनै महिलाले परिवार र समाजमा पनि मान(सम्मान पाउँछन् ।

शास्त्रका अनुसार जुन महिलाको भौं मोटो हुन्छ उनको स्वभाव रिसालु हुन्छ र बाठी पनि हुन्छ । तिनीहरु धनप्रति अत्यन्तै लोभी र अंहकारी हुन्छन् ।

जुन व्यक्तिको भौं तलपट्टी झुकेको हुन्छ अथवा बाङ्गो हुन्छ उसले जीवनमा निकै समस्याहरु भोग्नुपर्छ ।

जुन व्यक्तिको भौं आपसमा जोडिएको हुन्छ, ऊ निकै चतुर हुन्छ । उसले हरेक काम कुशलता पूर्वक गर्नेछ र मेहनतका साथ जिवनलाई विस्तारै अगाडी बढाउँछ । एजेन्सी । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!