यस्ता गल्तीहरु ओछ्यानमा पुगेपछि कहिल्यै नगर्नुहोस् !

Posted on: 01 Feb, 2017

हरेक मानिसको चाहना हुन्छ, ओछ्यानमा पुगेपछि सजिलै निदाउन सकूँ । त्यसो त निन्द्रा हाम्रो स्वास्थ्यसँग पनि जोडिएको हुन्छ । 

तर हामी कहिलेकाँही ओछ्यानमा पुगेपछि यस्ता गल्तीहरु गर्छौं जसले गर्दा हामीले जीवनमा धेरै समस्याहरु भोग्नुपर्छ । ओछ्यानमा पुगेपछि तपाईंले यस्ता कुराहरुमा विशेष ध्यान दिनु जरुरी हुन्छ ।

- सुत्ने समय दिमागलाई खाली राख्ने प्रयास गर्नुहोस् । दिनभरीको दौडधुप र कामकाजपछि राति सुत्ने समय पनि कामकै कुरा सोच्न थाल्नुभयो भने त्यस्तो बानी निन्द्राको लागि घातक हुनसक्छ ।

- सुत्ने बेला मोबाइल, ल्यापटप, आइप्याडजस्ता ग्जाजेडहरु टाढै राख्नुहोस् । यसले पनि तपाईंको निन्द्रा भाँड्न सक्छ । सुत्नु अघि चम्किलो प्रकाश हेर्ने बानीले पनि निन्द्रा पर्दैन ।

- आफ्नो सुत्ने समय निश्चित गर्नुहोस् र उठ्ने समयको पनि नियम बनाउनुहोस् । यस्तो गर्नुभयो भने निन्द्रा नलाग्ने समस्याबाट तपाईं मुक्त हुन सक्नुहुन्छ । -एजेन्सीको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!