एनसेलबाट फेसबुक चलाउन अब निशुल्क

Posted on: 14 Feb, 2017

फागुन ३, काठमाडौँ | एनसेलले आज राति १२ बजेदेखि फेसबुक चलाउन निशुल्क गरेको छ । फेसबुकसँगको सहकार्यमा एनसेलले निशुल्क व्यवस्थालाई लागू गरेको हो। 

फेसबुकबाट फोटो अपलोड गर्न, स्टाटस राख्न तथा लाइकमा निशुल्क गरिने भएको कम्पनीले जनाएको छ। च्याट गर्दा भने तोकिएको शुल्क कटौती हुने बताइएको छ। 

एनसेलका ग्राहकहरुले अब मोबाईल डेटा सपोर्ट गर्ने मोबाईल फोनबाट फेसबुक निःशुल्क चलाउन पाउने भएका छन् । ‘इन्टरनेट सबैका लागि’थिमअन्तर्गत एनसेलले फेसबुकसँगको सहकार्यमा ‘फेसबुक फ्रि’ सार्वजनिक गरेको हो। 

प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले एन्ड्रोइड मोबाईल एप र ब्राउजर (प्रोक्सी बाहेक) बाट फेसबुक मा निःशुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, फोटाहरु अपलोड गर्न, अरुको स्ट्याटस हेर्न, लाईक, सेयर तथा कमेन्ट गर्न सक्नेछन् ।  

कसरी प्रयोग गर्ने ?

एनसेलको यो अफर लागु भएपछि फेसबुक पेज वा एपमा ‘गो टु फ्रि’  बटन स्वतः देखिने छ । यो बटन  क्लिकगर्ने बित्तिकै, एनसेलका ग्राहकहरुले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउज गर्न सक्नेछन । 

यो नयाँ योजना एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स र फेसबुकको एसिया प्यासेफिक क्षेत्रकी प्रमुख प्रतिनिधि तथा ग्रोथ पार्टनरशिपकी प्रमुख आन्नानाइ ग्रेनले संयुक्तरुपमा सार्वजनिक गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!