सुत्नुअगाडि महिलाले किन फुकाल्ने ब्रा ?

Posted on: 12 Apr, 2017

चैत २८, काठमाडौं | महिलाहरुको भित्री वस्त्र ‘ब्रा’ रातको समयमा सुत्नुअघि फुकाल्नु सहि कि गलत भन्नेबारे विवाद रहिआएको छ ।

कतिपय महिलाहरु रातको समयमा सुत्दा ‘ब्रा’ले निद्रा बिथोलेको बताउँछन् भने केहि महिलाहरु ‘ब्रा’ लगाएर सुत्दा स्तनको आकार राम्रो हुने र नझोल्लिने दाबी गर्छन् ।

हालै मेडिकल अनुसन्धानकर्ताहरुले लामो अध्ययन गरेपश्चात महिलाहरुलाई स्तन स्वास्थ्यमा जोखिम हुने भन्दै रातको समयमा ‘ब्रा’ नलगाउन सुझाव दिएका छन् ।

अनुसन्धानकर्ताहरुले रातको समयमा टम्म–कसिलो ‘ब्रा’ लगाएर सुत्नाले स्तनको रक्तसन्चार तथा स्नायुप्रणालीमा नकरात्मक असरपर्नुका साथै अरु संक्रमणजन्य रोगलगायत स्तन क्यान्सरकोसमेत जोखिम बढ्ने बताएका छन् ।

तर, केहि महिला सौन्दर्य विशेषज्ञहरुले ‘ब्रा’ फुकालेर सुत्नाले स्तनको आकारमा नकरात्मक असरपर्ने र चाँडै स्तन झोल्लिने समस्या देखापर्ने प्रतिक्रियासमेत दिएका छन् ।

के हो वास्तविकता ?

मेडिकल जर्नलकाअनुसार ‘ब्रा’, विशेषगरी भित्री कपडाले रक्तसन्चारलाई प्रभावित गर्दछ । यसले स्तनको आसपासको मांसपेसीलाईसमेत दबाब दिने गर्दछ । जसबाट स्नायुप्रणालीमा प्रत्यक्ष असर पुग्दछ ।

त्यसमध्ये कसिलो ‘ब्रा’ लगाउनु झन् घातक मानिन्छ । कसिलो ‘ब्रा’ले स्तनमा हुने स–साना कोष तथा तन्तुहरुलाई दुःख दिने गर्दछ । त्यसैले चिकित्सकहरुले सुत्नुअघि ‘ब्रा’ फुकालेर हल्का कपडा लगाउन सल्लाह दिने गर्दछन् ।

‘ब्रा’ लगाएर सुत्नाले ‘ब्रा’मा रहेको हुकले छालामा हानि गर्ने सम्भावना बढी हुन्छ । जसबाट छालामा घाउ तथा संक्रमण हुने सम्भावनासमेत रहन्छ ।

अनुसन्धानकर्ताहरुकाअनुसार ‘ब्रा’ले शारीरिकमात्रै नभइ मानसिक तनावसमेत दिने गर्दछ ।

‘ब्रा’ लगाएर सुत्नाले जीवाणुको संक्रमणको जोखिम बढ्दछ । छातीको वरिपरि संक्रमणको जोखिम हुने र स्तनमा संक्रमणको लागि ‘ब्रा’ले सहयोगी भूमिका खेल्दछ ।

त्यस्तै, यदि तपाइँ रातको समयमा सुत्नुअघि ‘ब्रा’ नफुकाली लामो समयसम्म लगाइरहनु हुन्छ भने स्तन वरिपरि एक प्रकारको दाग एवं धब्बा बस्ने र छालाको रङ शरीरकोभन्दा फरक देखिने गर्दछ ।

साथै, पसिना आउने समस्या छ भने छालासम्बन्धी रोगहरुकोसमेत जोखिम बढ्दछ ।

‘ब्रा’ नलगाइ सुत्दा स्तनको आकार तल–माथि (स्तन झोल्लिने) हुने समस्या हुन्छ कि भन्ने यदि लाग्छ भने त्यसको लागि दैनिक शारीरिक व्यायाम र चिकित्सकको सल्लाहबमोजिम प्राकृतिक स्तन थेरापी गर्न सुझाव दिइएको छ । (एजेन्सी)

यस बिषयमा तपाइको प्रतिक्रिया...!