वैज्ञानिकले पत्ता लगाए यस्तो फल जसले क्यान्सरको प्राकृतिक उपचार गर्छ ?

Posted on: 09 Sep, 2017

बिश्वमा करोडौं नागरीकहरु क्यान्सरबाट पीडित रहेका छन् । क्यान्सर सबैभन्दा घातक रोग हो । तर रुसी वैज्ञानिक ह्रिस्टो मेर्मेर्सकीले क्यान्सरको प्राकृतिक उपचार पत्ता लगाएको दावी गरेका छन् । रुसका वैज्ञानिक ह्रिस्टोले घरमै बनाउन सकिने यस्तो औषधी पत्ता लगाएका छन् ।

यसको प्रयोगले विभिन्न प्रकारका प्राणघातक क्यान्सर रोगबाट बचाउन सकिने छ । औषधी तयार बनाउन चाहिने सामग्री ४०० ग्राम ताजा ओखर ४०० ग्राम क्वाँटी ९अंकुरित गेडागुडी एवम् अन्न० १ किलो प्राकृतिक मह १२ पोटी ताजा लसुन १५ वटा ताजा कागती क्वाँटी तयार पार्ने तरिका काँचको भाँडामा केही गेडागुडी राख्नुहोस र डुब्नेगरी पानी राख्नुहोस । 

यसलाई एक रात यत्तिकै छाडिदिनुहोस र अर्को बिहान गेडागुडीबाट पानी निकाल्नुहोस र त्यसलाई राम्रोसँग पखाल्नुहोस । उक्त सफा गेडागुडीलाई काँचको भाँडामा छोपेर २४ घन्टासम्म राख्नुहोस ।

टुसाएको गेडागुडी वा क्वाँटी तयार हुन्छ । औषधी तयार पार्ने तरिका लसुनको पोटी, ओखर र क्वाँटीलाई एकैठाउँमा मिसाएर पिस्नुहोस । ५ वटा कागती बोक्रा नछोडाइकन पिस्नुहोस । बाँकी १० वटा कागतीलाई निचोरेर रस उक्त मिश्रणमा राख्नुहोस र सबै कुरालाई राम्रोसँग मिक्स गर्नुहोस । उक्त मिश्रणलाई महमा काठको चम्चा प्रयोग गर्दै राख्नुहोस ।

उक्त मिश्रणलाई एउटा काँचको भाँडामा राख्नुहोस् र फ्रिजमा राख्नुहोस । यसलाई तीन दिनको लागि फ्रिजमा राखेपछि औषधीको रुपमा सेवन गर्नुहोस् । डा. मेर्मेर्सकीका अनुसार तयार भएको औषधीलाई सुत्नुभन्दा आधा घण्ठा पहिला खानुहोस् र हरेकपटक खाना खानुभन्दा आधा घण्टा अगाडि खानुहोस । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!