तपाईको मोवाइल हरायो ? अब चिन्ता नलिनुस, यसरि पत्ता लगाउन सकिन्छ

Posted on: 09 Sep, 2017

काठमाडौँ | मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ ।

प्रत्येक मोबाइल सेटको आइएमइआई नम्बर फरक फरक हुन्छ । आइएमइआई भनेको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी हो । यो मोबाइलको परिचय दिने १५ वा १७ अंकको हुन्छ । यो विशेष गरी मोबाइलको पछाडिको भागमा अर्थात् ब्याट्री राख्ने ठाउँको मुनि लेखिएको हुन्छ ।

त्यस्तै मोबाइलमा *#06# डायल गरेर पनि आफ्नो आइएमइआई नम्बर पत्ता लगाउन सकिन्छ । तपाइको मोबाइल हराईसकेको छ र तपाईलाई उक्त मोबाइलको आइएमईआई नम्बर थाहा छैन भने पनि प्रहरीले तपाइको नम्बर अनुसार पत्ता लगाउँछ । यदी हराएको छैन भने पनि आफुले चलाउने मोबाइलको आईएमईआई नम्बर सुरक्षित राख्नुहोला कुनैपनि बेला तपाइको मोबाइल हराईहालेमा काम लाग्छ । 

मोबाइल हराएमा वा चोरी भएमा यथासिघ्र नजिकको नेपाल प्रहरीको कार्यालयमा निवेदन दिनु पर्छ । उक्त निवेदनका साथ आइएमइआई नम्बर पनि उपलब्ध गराउनु पर्छ । तपाईले निवेदन दिए पछि त्यसै अनुसार प्रहरीमार्फत नै मोबाइल सेटको खोजी हुन्छ । यसबाट मोबाइल सेट पाइने सम्भावना अति धेरै हुन्छ । प्रहरीले ट्रयाकिङ गरी उक्त सेटको खोजी गर्छ । 

तपाइको हराएको मोवाइलको सिम चोर्नेले तपाइको सिम फालीदिएर आफ्नो सिम हाल्ने बित्तिकै उक्त जानकारी प्रहरीलाई थाहा हुन्छ । उसले तपाइको मोबाइलमा कति नम्बरको सिम हाल्यो भन्ने कुरा प्रहरीले थाहा पाएपछी उक्त नम्बरमा ट्रयाक गरेर वा उसैलाई फोन गरेर प्रहरीले तपाइको मोबाइल प्रहरीलाई फिर्ता गर्न भन्छ र तपाइको मोबाइल पाइन्छ । 

यो पनि पढ्नुहोस
गुगलबाट जो-कोहिले पनि यसरी कमाउन सक्छन् पैसा
यी ६ कुरा जीवनसाथी र आफ्नो प्रेमिकालाइ कहिल्यै नभन्नुस्
तपाईं कस्तो हुनुहुन्छ जन्मेको महिनाबाट थाहा पाउनुस्

यस बिषयमा तपाइको प्रतिक्रिया...!