रिट्ठा लाई यसरी प्रयोग गर्दा दमको रोग ठीक हुन्छ ? (तरीका सहित)

Posted on: 24 Sep, 2017

रिट्ठा जो गर्मी स्थानमा पाईने एक किसिमको फल हो । जसलाई सुकाएर साबुन, डिटर्जेन्ट र श्याम्पू बनाउन प्रयोग गर्ने गरेको छ । त्यसको पाउडर पनि सजिलै बनाईन्छ । यसको प्रयोग कपाललाई बलियो र कालो बनाउनका लागि गरिन्छ अनि यसले स्वास्थ्य सम्बन्धी धेरै समस्या समाधान पनी गर्ने गर्छ ।


माइग्रेन

माइग्रेन भएपछि शिरको आधी भागमा चर्को पीडा हुन्छ । रिट्ठाको प्रयोगले पीडाबाट राहत पाउन सकिन्छ । रिट्ठाको धूलोमा अलिकति मरिच र पानी मिसाउनुस् । यो घोललाई चारपाँच थोपा नाकमा हाल्दा माइग्रेनको पीडा भाग्छ ।

दम

दमको रोगीलाई सास लिन अप्ठ्यारो हुन्छ अनि धूलो पत्यो भने पनि खोकी लाग्न थाल्छ । पाँच ग्राम रिट्ठाको धूलोमा २ सय ५० मिलिलिटर पानी मिसाएर काँढा बनाएर पिउँदा पनी फाईदाजनक हुन्छ । दिनमा दुई तीन चोटि काँढा पिउँदा कफ ठीक हुन्छ र सास फेर्न सजिलो हुन्छ ।

दाँत दुखेको रिट्ठाका बिउलाई तावामा भुटेर त्यसबराबर फिटकिरी मिसाएर पिस्नुस् । अब यसलाई दाँतमा दल्नुस् । आराम पाउनुहुनेछ । आउँ पर्ने आउँ पर्दा दिसासँग रगत आउँछ र असाध्यै पीडा हुन्छ ।

यस्तो हुँदा आधा लिटर पानीमा रिट्ठाको धूलो हालेर पकाउनुस् र चिसो भएपछि आधी कप पिउनुस् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!