खुट्टा फर्किने भनेको के हो ? किन फर्किन्छ खुट्टा ?

Posted on: 16 Oct, 2017

चिसाङ शेर्पा | असोज ३०, खोटाङ | कुनै न कुनै समयमा मानिसको खुट्टा फर्किने गर्दछ । खुट्टा फर्किदा मानिसलाई असहृय पिडा हुन्छ । खुट्टा फर्केको समयमा मानिस एक हिसावले अपांगजस्तै हुन्छन् र हिड्न  सक्दैनन् । दैनिक कामकाज गरिरहेका आम मानिस यस समस्यावाट ग्रसित वनेका छन् ।  कम्मरभन्दा तल मानव शरीरका मशलहरुले स्थान परिवर्तन गर्नु नै खुट्टा फर्कनु हो । 

किन फर्किन्छन् त खुट्टा सवैलाई जिज्ञासा हुन सक्छ । जिल्ला अस्पताल खोटाङका स्वास्थ्य प्रमुख राम बहादुर केसीका अनुसार मानव शरीरमा क्यालसियम र पोटासियम नामक भिटामिन कमी भएका कारण मानिसको खुट्टा फर्कने गर्दछ । ‘एक्कासी खुट्टा फर्केमा साधरण घरैमा वसेर यसको उपचार गर्न सकिने डाक्टर केसीले जानकारी दिनुभयो ।’

अकास्मत रुपमा आईपर्ने यो समस्याले कुनै संकेत दिदैन । फलस्वरुप एकान्त तथा एक्लै भएको अवस्थामा खुट्टा फर्किने समस्याले वढी पिरोल्ने उहाँको भनाई छ । एक्कासी खुट्टा फर्किएमा आराम गर्ने, फर्केका ठाउँमा हल्का हल्लाएर मालिस गर्ने, फर्केका भागमा हिर्काएर भाईव्रेशन दिएमा खुम्चेका मशल तथा नशाहरु १० देखी २० मिनेटमा यथास्थानमा जाने गर्दछ । खुट्टा फर्किने समस्या समाधान हुन्छ ।

चिकित्सकहरुका अनुसार महिनामा एक/दुई पटक खुट्टा फर्केमा स्वास्थ्य चौकीमा जाँच गराउनु उपर्युक्त हुन्छ । यस समस्यावाट छुटकारा पाउनका लागि आरामदायि वसाई तथा धेरै मात्रामा केरा, आलु, हरियो सागसव्जी, प्रशस्त पानी, दुध उमालेर पिउने र स्याउ खानुपर्ने हुन्छ । त्यस्ता खाध्यपदार्थवाट मानव शरीरमा क्यालसियम र पोटासियम नामक भिटामिन प्राप्त हुने हुंदा खुट्टा फर्किने समस्या कमी हुने गर्दछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!