के तपाइँ बेरोजगार हुनुहुन्छ ? यस्ता काम गर्नुस्, कम लगानीमा लाखौँ कमाउनुस

Posted on: 06 Nov, 2017

टिप्स | तपाइँ आफ्नै केहि ब्यापार/ब्यबसाय सुरु गर्न चाहनुहुन्छ ? के तपाइँसँग लगानीको कमी छ ? त्यसो भए तपाइ कतिपय पाठकहरुलाई यो टिप्स निकै उपयोगी हुनसक्छ । यसको लागि तपाईलाई आफ्नो स्किलको बिकास गर्नु अपरिहार्य हुन्छ । 

जीवन संघर्ष हो, जीवनमा अभाव सबैलाई छ तर कम र बढी मात्र हो । जसले संघर्ष गर्न जान्दछ र समय अनुसार आफुलाई परिवर्तन गर्न जान्दछ उसले रोजगारीको लागि कतै पनि भौतारिनु पर्दैन । हामी आफ्नो देशमा रोजगारीको अवस्था नदेखेर कि त विदेश भौतारन्छौं कि त जागिरको खोजीमा हुन्छौं तर आफै केहि गरेर अरुलाई रोजगारी दिन्छु भन्ने सोच्दैनौं । यदी यस्तो सोच्नेले पक्कै पनि १/२ पटक असफल होला तर निरन्तरतामा उसले सफलता पाएरै छाड्छ । आफैले सुरु गरेको पेसा तथा ब्यबसाय जो हजारबाट सुरु भएर अहिले करोडौंको ब्यापारी वा मालिक बनेका छन् उनीहरुबाट सिक्नु जरुरि छ । अरुको जागिर खानु र आफ्नै ब्यबसाय गर्नुमा आकास-जमिनको फरक हुन्छ । किनकी जागिर आवश्यकता परिपूर्तिको न्युनतम आधार हुनसक्छ जो आफुमा मात्र सिमित हुन्छ भने आफ्नै पेसा आफुसंगै आफ्नो परिवारले समेत सहयोग गर्न सक्ने र अरुलाई जागिर दिएर राम्रो मुनाफा कमाउन सक्ने अवस्था पनि हुन्छ, त्यसैले आज हामीले यहाँ आफैले पेसा सुरु गरेर कस्ता-कस्ता काम न्यून लगानीमा तर उच्च प्रतिफल निकाल्ने गरि सुरु गर्न सकिन्छ । 

आफ्नो बिजनेस सुरु गर्नु अघि तपाइले आफ्नो रुचिको फिल्ड रोज्नुपर्ने हुन्छ । तपाइँ तपाइको सोकलाई नै बिजनेस बनाउनु हुन्छ भने उक्त काममा तपाइँ सफल पनि बन्नुहुनेछ । हामीले सम्भावना र कम लगानीका ६ पेसाको बारेमा तल चर्चा गरेका छौं । 

कम लगानीमा कस्ता ब्यबसाय गर्न उपयुक्त हुन्छ तल हेर्नुहोस: 

१.  फोटोग्राफर


फोटोग्राफर बन्नको लागि तपाइको साथमा एक थान क्यामेरा भए पुग्छ । बजारमा अहिले कम्तिमा ४० हजारमा राम्रै क्यामेरा पाउन सकिन्छ । अझ तपाईसँग एक/डेढ लाख लगानी छ भने त अझै तपाइको रेट बढ्न सक्छ । जति राम्रो क्यामेरा हुन्छ त्यतिनै तपाइले राम्रो रेट पाउनुहुन्छ । मानिसको पारिवारिक बिशेष कार्यक्रम, बिबाह, पार्टीमा तपाइले फोटोग्राफ तथा भिडियो खिचेर सेवा गर्न सक्नुहुन्छ । तपाइँ जति धेरै कार्यक्रममा आफ्नो सेवा दिनुहुन्छ त्यतिनै धेरै मानिसले तपाईलाई बिशेष कार्यक्रममा बोलाउछन् । यस्तो काम गरेबापत एकै कार्यक्रममा सहभागि कम्तिमा एक हजारभन्दा बढी कमाउन सकिन्छ । कुनैपनि कार्यक्रमलाई अविस्मणीय पार्न फोटोग्राफीको आवश्यकता पर्छ । 

२.  ट्रान्सलेशन 

आज संसारभर यस्ता कम्पनी छन् जसले अनलाइन मार्फत ट्रान्सलेशनको काम गर्छ । त्यस्ता केहि कम्पनीले तपाईलाई पनि ट्रान्स्लेटको काम दिन सक्छन । तपाइले घण्टा वा शब्द अनुसारको पैसा कमाउन सक्नुहुन्छ । यदी तपाइको अंग्रेजी राम्रो छ भने तपाइले अनलाइनमा राम्रो आम्दानी गर्न सक्नुहुन्छ । यस्ता कामको लागि तपाइको क्षेमता अनुसार घण्टाको कम्तिमा २ डलर भन्दा बढी कमाउन सक्नुहुन्छ । 

३.  आइसक्रीम पार्लर 


आइस क्रीम पार्लर सुरु गर्नको लागि धेरै लगानी गर्नु पर्दैन । यसको लागि एउटा फ्रीज किन्नुपर्छ । ४० हजारभन्दा सस्तो लगानीमा फ्रिज र १०/२० हजारमा आइसक्रिम किनेर ब्यबसाय सुरु गर्न सकिन्छ । 

४.  इलेक्ट्रीसियन 

इलेक्ट्रीसियनको काम सिक्नुस र सेवा दिनुस । बिग्रेका बिद्युतबाट चल्ने सामानहरु बनाउनुस, तपाई यो क्षेत्रमा जति धेरै काम गर्नुहुन्छ त्यतिनै फाइदा कमाउन सक्नुहुन्छ । 

५.  सवारी साधन मर्मत सेवा (ग्यारेज)  

तपाइँसँग सवारी मर्मत सम्बन्धि ज्ञान छ भने ग्यारेज संचालन गर्नु राम्रो हुन्छ । यो क्षेत्रमा काम गर्दा नयाँ तथा पुराना सवारी बिक्रिको कमिसन तथा मर्मत तथा पार्ट्स बेचेर निकै लाभ लिन सकिन्छ । 

६.  ड्राइभिंग सेवा 

तपाइँसँग ड्राइभिङ सम्बन्धि ज्ञान छ भने यो काम सुरु गर्नुस | खाली जग्गा भाडामा लिएर तपाइँले यो काम गर्न सक्नुहुन्छ | ५-१० लाख लगानी गरेर फाइनान्स सेवाबाट पुरानो मोटरसाइकल तथा गाडी किन्नुस अनि यो काम सुरु गर्नुस | यो ब्यबसाय गर्न अलि लगानी बढी लागे पनि कमाई भने दैनिक ५ हजार भन्दा बढी हुन्छ | अहिले मोटरसाइकलको ट्रायल दिनको लागि तपाइको कम्पाउण्डको निकै प्रयोग हुन सक्छ |  

माथिको बाहेक पनि धेरै त्यस्ता पेसा छन् जो सानो लगानीमा पनि राम्रो मुनाफा कमाउन सकिन्छ । हामीलाई यस्ता पेसा सुरु गर्नु अघि तालिम वा केहि त्यस सम्बन्धमा जानकारसँग सल्लाह लिनु आवश्यक हुनसक्छ । केहि काम गर्छु भनेर प्रयास गर्नेका लागि अरुसँग सल्लाह लिने, आफुले गर्न खोजेको कामबारे विश्लेषण गर्ने, त्यसको मार्केट कस्तो छ, आवश्यक छ कि छैन ? आफुले उक्त पेसा अपनाउन लागेको स्थान उक्त पेसाको लागि कतिको उपयुक्त छ ? जस्ता कुराहरुको पनि ख्याल राख्नुपर्छ । तब मात्र सफल ब्यबसायीको रुपमा माथि उठ्न सकिन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!