राति सुत्दा प्याजको एक टुक्रा पैँतालामा राख्नुस, हुनेछ फाइदै-फाइदा

Posted on: 07 Nov, 2017


काठमाडौं । प्याज तथा लसुनमा हावालाई शुद्ध बनाउने तथा किटाणु नष्ट गर्ने गुण हुन्छ भन्ने कुरा त प्रायलाई थाहा नै होला । तर, राती सुत्नुअघि प्याजको एक टुक्रा पैँतालामा राख्दा मिल्ने फाइदाबारे तपाईंलाई जानकारी छ ? सायद नहुनसक्छ ।

यसरी प्याजको टुक्रा राख्दा शरीरका अंगहरुलाई स्वस्थ राख्न सकिन्छ । यो कुरा मेडिकल्ली पनि प्रमाणित भएको छ कि प्याजमा रहेको फस्फोरिक एसिडले धमनीमा घुसेर रगत शुद्ध बनाउँछ ।

अर्को तर्फ पैँतालाले हाम्रो शरीरको भार थाम्नेमात्र होइन यसको सिधा कनेक्सन हाम्रो शरीरका विभिन्न अंगहरुसँग हुन्छ । पैतालामा करिब ७०० वटा तन्तुहरुको कनेक्सन हुन्छ, जुन शरीरका विभिन्न अंगहरुसँग सम्बन्धित छ ।

हाम्रो पैँतालाले विजुलीको एक शक्तिशाली सर्किटको जस्तो कामसमेत गर्छ । तर, जुत्ता-चप्पलको प्रयोगले यो निश्क्रिय प्राय: हुन्छ । त्यसैले त चिकित्सकहरु दिनमा केही घण्टामात्र भएपनि नाङ्गो खुट्टाले टहलिन सुझाव दिन्छन् ।

एउटा जैविक प्याज लिनुहोस्, जुन कुनै पनि विषादी र केमिकलबाट मुक्त हुनुपर्छ । अब यसलाई गोलोगरी काट‍्नुहोस् । त्यसको केही टुक्रालाई माथिको चित्रमाजस्तै गरी दुईवटा पैँतालामा राख्नुहोस् र मोजा लगाएर सुत्नुहोस् । ख्याल गर्नुस्, यसरी राख्दा त्यो प्याज राम्रैसँग पैँतालामा टाँसिएको हुनुपर्छ । यसो गर्दा के फाइदा हुन्छ त ? आउनुस्, हामी बुँदागतरुपमा जानकारी दिँदैछौं ।

ब्याक्टेरिया र रोगाणुहरु नष्ट गर्छ:

प्याजमा एण्टी ब्याक्टोरिलय गुण हुन्छ । जुन शरीरमा लामो समयसम्म टाँसिएर रहँदा ब्याक्टेरिया तथा विभिन्न रोगका किटाणुहरुलाई नष्ट गरिदिन्छ ।

रगतलाई शुद्ध बनाउँछ:

जब छालाले प्याजमा रहेको फस्फोरिक एसिड सोस्छ, तब त्यो धमनीमा पुग्छ । अनि यसले रगतलाई शुद्ध बनाउन मद्दत गर्छ ।

हावालाई शुद्ध बनाउन मद्दत गर्छ:

छेउमै रहेको प्याजको टुक्राले तपाईंले स्वास लिने हावालाई पनि शुद्ध बनाउन मद्दत गर्दछ । साथै यसले खुट्टाको गन्ध हटाउने तथा केमिकल एवम् विषाणुहरुलाई नष्ट गर्ने काम गर्छ ।

मुटु रोगबाट छुटकारा:

यसरी नियमित राखिने प्याजको टुक्राले तपाईंको मुटुलाई स्वस्थ राख्ने काम गर्दछ । जब मुटु स्वस्थ हुन्छ, तब मुटुसम्बन्धी कैयन खतरनाक रोगहरुबाट छुटकारा मिल्छ ।

पेटको संक्रमणबाट बचाउँछ, किड्नीलाई सुरक्षित राख्छ:

यसले पेटको संक्रमणबाट बचाउनेमात्र होइन किड्नीलाई पनि सुरक्षित गर्ने काम गर्छ ।

तल्लो पेट र मुत्राशयको समस्याबाट मुक्ति

यदि तपाईं तल्लो पेट वा मूत्राशयको समयस्याबाट पीडित हुनुहुन्छ भने पनि तपाईंका लागि यसो गर्नु निकै उपयोगी हुन्छ ।

खुट्टाको गन्ध हटाउँछ:

मोजा लगाउँदा तपाईंको पैँतालामा गन्ध आउँछ भने पनि यसले त्यसलाई कम गर्न मद्दत पुग्दछ ।

सर्दी तथा ज्वरोबाट बचाउँछ:

यसरी राखिने प्याजको टुक्राले तपाईंलाई सर्दीबाट बचाउनेमात्र होइन ज्वरोबाट पनि बचाउँछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!