आज मङ्सिर २ गते सनिबार, तपाइको राशिफल हेर्नुहोस

Posted on: 18 Nov, 2017

सूर्य-चन्द्रमा विशाखा नक्षत्रमा हुनाले आज धेरैको ब्यापार तथा बिजनेस परिवर्तन हुने संभावना छ । जागिरमा पनि पद उन्नति तथा जिम्मेवारी बढ्ने समय छ । आज नयाँ व्यक्तिसँग भेटघाटको अवसर समेत देखिएको छ । आजको दिन बिशेषगरि वृष, मिथुन, कर्कट, कन्या, वृश्चिक, मकर, कुम्भ र मीन राशि हुनेहरुको लागि राम्रो देखिएको छ । त्यस्तै मेष, सिंह, तुला र धनु राशि हुनेहरुको लागि आजको दिन त्यति राम्रो देखिदैन ।

तल आफ्नो राशि अनुसार आजको दिन बारे थाहा पाउनुहोस् 

मेष राशि 

मेष राशी हुनेहरुको लागि आजको दिन अरुको साथ-सहयोगमा काम गर्दा राम्रो हुन्छ । यदी आज आफुले गर्दै आएको पेशा वा जागिर छाड्दै हुनुहुन्छ भने त्यति राम्रो दिन छैन । सकेसम्म आजको दिन आफ्ना साथिभाई आफन्त सँग भेट्ने र मनका कुराहरु गर्दा राम्रो हुन्छ । साथै शान्त रहनुनै आज राम्रो हुनेछ । यसले तनाव पनि कम गर्नेछ । थोरै मोज-मस्ती गर्ने मन पनि हुनेछ । आज ऋण वा उधारो लेन-देनमा भने सोचेर काम गर्नु पर्ने देखिन्छ । साथै प्रेमी-प्रेमिकाको लव लाइफमा विवाद हुन सक्छ । त्यसैले आज तपाइँ आफै यस बिषयमा संयमित हुनु पर्नेछ । आज खर्च अन्य दिनभन्दा बढी नै हुने देखिन्छ । 

वृष राशि 

तपाइले आज तपाइको बिबेक र अनुभवमार्फत मानिसको मन जित्न सक्नुहुनेछ । दाम्पत्य जीवनमा निकै राम्रो दिन छ । मनमा धेरै विचार आउनेछ, जुन कुराहरु तपाइले अरुलाई सुनआउनु हुनेछ । अविवाहितहरुलाई विवाहको प्रस्ताव समेत मिल्न सक्ने योग छ । यात्राको योग पनि रहेको छ । नयाँ व्यक्ति भेटिन सक्छन । आज सत्रुहरुसँग सावधान रहनुहोला । यस राशिका बैबाहिक मानिसहरुलाइ आज आफ्नो जीवनसाथीसँग धेरै समय बिताउने मौका मिल्नेछ । प्रेम जीवन राम्रो रहेको छ । चोट वा दुर्घटनाको योग पनि रहेकाले सावधान रहनुहोला ।

मिथुन राशि 

आज भाग्यले कम साथ दिनेछ । तर सोचेका कामहरु भने पुरा हुनेछन् । तपाइको व्यक्तिगत जीवन राम्रो रहनेछ । पैसाको समस्या हुन सक्छ । नयाँ अवसरको योग छ । प्रेम गर्नेसँगको सम्बन्ध राम्रो हुनेछ । तपाई आफ्नो काममा आफै प्रसन्न हुनुहुनेछ । ब्यापार ब्यबसायमा फाइदा हुने दिन्छ । रोकिएको पैसा पाउने योग छ । कारोबार बढ्नेछ । जागिरमा जिम्मेवारी बढ्नेछ । स्वास्थ्यको मामलामा कुनै समस्या छ भने लापरवाही नगर्नुहोला । आज गोचर कुंडलीको छैटौं स्थानमा चन्द्रमा भएकाले केहि मानसिक तनाब आउन सक्ने देखिन्छ । चन्द्रमाको कारण तपाइँ आज विवादित बन्न सक्ने वा कसैसँग बिबाद हुनसक्ने देखिन्छ । धेरै भोजन नगर्नुहोस् ।

कर्कट राशि 

ब्यापारमा पुराना व्यक्तिबाट फाइदा हुने देखिन्छ । कुनै पनि समस्यासँग जुध्नको लागि साँचो कुराको सहारा लिनुपर्नेछ । मनोरंजन र मस्तीको इच्छा धेरै हुनेछ । केहि जरूरी काम नबन्ने हुँदा तनाबमा रहनुहोला । आफ्नो जिम्मेवारीसँग सावधान रहनुहोला । आजको काम भोलीको लागि नछाड्नुनै उत्तम हुनेछ । पैसाको कारोवारमा सावधानी अपनाउँदा राम्रो होला । केहि काममा समस्या पैदा हुन सक्छ । आजको दिन नयाँ काम सुरु गर्दै हुनुहुन्छ भने त्यस्ता काम नगर्नु नै बेस होला । कारोबारमा जिम्मेवारी बढ्नेछ । स्वास्थ्य समस्या हुन सक्ने योग छ । खानामा ध्यान दिनुहोला ।

सिंह राशि 

आज सबै काम बन्नेछ । दाजुभाई तथा साथीभाईको भरपुर सहयोग मिल्नेछ । भाग्यले राम्रो साथ दिनेछ । कसैलाई मद्धत गर्ने मौका मिल्नेछ र त्यसबाट संतुष्टि लिल्नेछ । नाता/परिवारमा पनि सामान्य  रहनेछ । प्रेमी-प्रेमिकाबीच भने खटपट पैदा हुनसक्ला, तर त्यति धेरै गम्भीर समस्या हुने छैन । तपाइँले आज आफैलाई संयमित राख्नुहोला । पैसा केहि खर्च हुनेछ । आफ्नो भित्री कुरा अरुलाई नभन्दानै राम्रो होला । पति-पत्नी सम्बन्ध राम्रो देखिएको छ । घाटी सम्बन्धि समस्या आउन सक्छ ।

कन्या राशि

दिन राम्रो छ । महत्वपूर्ण काम बन्नेछ । परिवारको केहि बिषयमा ध्यान दिनुपर्नेछ । फाइदा हुने काम हात लाग्नेछ । अचानक धन प्राप्ति हुन सक्छ । आफैलाई सुखी र खुसि राख्ने कोशिश होला । सन्तुष्टि र उत्साह महसूस हुनेछ । तर आज तपाइले अरुले गरेको काममा कुनै बाधा नगर्नुस् । सम्बन्ध नराम्रो बन्न सक्छ । मकर राशि भएका व्यक्तिहरु आज केहि बिषयमा तनाबमा रहने हुँदा त्यस्ता व्यक्तिसँग सावधान रहनुहोस् । आज कन्या राशि हुनेहरुलाई प्रेम जीवनमा पनि राम्रो रहेको छ । पुराना बिबादको अन्त्य हुनेछ । यो रासी हुने बिद्यार्थीहरुलाई प्रतियोगितामा सफलता मिल्नेछ । बिजनेस गर्नेहरुको कारोबार बढ्नेछ । पेट सम्बन्धि रोग हुन सक्छ । 

तुला राशि 

गरेको कामबाट फाइदा मिल्नेछ । आज पैसा आउने काममा तपाइँलाई सन्तुष्टि हुनेछ । भेटिएका व्यक्तिसँग मनका कुरा गर्न तपाइँ उत्सुक रहनुहुनेछ । परिवारसँग तपाइको सम्बन्ध निकै राम्रो रहनेछ । प्रेमी-प्रेमिकासँगको साथ राम्रो रहनेछ । चन्द्रमा गोचर कुन्डलीमा रहेकाले धन प्राप्तिको योग छ । सोचेर गरेको कामले राम्रो नतिजा दिनेछ । घर तथा कार्यालयको काममा सकारात्मक रहनेछ । गरेको काममा समय बढी लाग्न सक्छ । मौसमी रोग हुन सक्छ । पुरानो रोगले सताउन सक्छ । खर्च पनि बढ्ने योग छ । आज आवश्यकता भन्दा बढी नबोल्दानै राम्रो हुनेछ । ब्यापार ब्यबसायलाई लिएर तनाब होला तर बेलुकासम्ममा सबै कुरा सामान्य हुनेछ । 

वृश्चिक राशि 

जीवनसाथिसँग प्रेम तथा शारीरिक सुखको चाहना होला । आफैलाई कन्ट्रोल राख्नुहोला । राम्रो व्यक्तिसँग भेटको अवसर मिल्ला । परिवारसँगको सम्बन्धमा राम्रो हुनेछ । कमाई राम्रो हुने दिन छ । आज गरेको कामले तपाइँलाई सन्तुष्टि मिल्नेछ । काममा अल्छी लाग्न सक्छ । जसको कारण तपाइको जरूरी काम पनि अपुरो हुन सक्छ । कसैसँग झुटो बोल्नबाट बच्नुहोस् तपाइको व्यक्तित्वमा नराम्रो हुन सक्छ । प्रेमसम्बन्ध-जीवनसाथीसँग धेरै समय बिताउने चाहना हुनेछ । अविवाहित प्रेममा  अचानक सरप्राइज पाउन सकिएला । आफ्नो स्वास्थ्यलाई लिएर तनाब रहला ।

धनु राशि 

जरूरी काम बन्नेछ जसको लागि आफ्नो विश्वासपात्र व्यक्तिको सहयोग मिल्नेछ । आज पुरानो कारोवार तथा कतैबाट रोकिएको पैसा पनि पाउन सक्नुहुनेछ । आज आँटेका कामहरु पुरा हुनेछ । कुनै पनि काममा संयमित रहनु राम्रो हुनेछ । आज सवारी साधनको उपयोगमा ध्यान दिनुहोला । कोर्ट-कचहरीको विवादमा पर्न सक्ने योग छ । तपाइ आज मानसिक र शारीरिक रुपमा तनाबमा रहनुहुनेछ । आज कुनै पनि नयाँ काम नगर्दा नै राम्रो होला । गोचर कुंडलीमा चंद्रमा बाह्रौँ स्थानमा बसेकाले मेष राशि भएकासँग गरिने काममा ध्यान दिनुहोला । जीवनसाथीसंग सुख मिल्नेछ, नयाँ सम्बन्ध पनि बन्न सक्छ । स्वास्थ्यमा सुधार हुनेछ ।

मकर राशि 

केहि काममा नसोचेको फाइदा मिल्ला । पैसाको मामलामा ध्यान दिनु होला । केहि नयाँ अवसर मिल्नेछ । आम्दानीको नयाँ स्रोत मिल्नेछ । आत्मविश्वासी रहिनेछ । तपाइको सफलतालाई अरुले प्रशंशा गर्नेछन । बिजनेस वा व्यक्तिगत समस्याको लागि पैसाको खाँचो पर्नेछ । नचाहेको खर्च पनि हुन सक्छ । मकर राशि भएकाहरुलाई आज मानसिक तनाव र कुनै कुराको डर जस्तो महशुस हुनेछ । प्रेम जीवनबारे चिन्ता बढ्नेछ । आज तपाइँ केहि सकारात्मक र चिन्तित रहनुहुनेछ । पेटसम्बन्धि रोगले सताउन सक्ला ।

कुम्भ राशि 

जीवनसाथिसँगको मनमुटावको स्थिति सकिनेछ । पैसाको क्षेत्रमा आफ्नो महत्वाकांक्षाहरुमा ध्यान दिनुहोला । सकारात्मक व्यवहारको कारण मानिसहरु तपाइँसँग प्रभावित रहनेछन् । तपाइँ निकै व्यस्त र सक्रिय रहनुहुनेछ । आज आराम गर्ने मौका पनि मिल्नेछ । सोचेको काम पुरा गर्नको लागि समय राम्रो छ । चन्द्रमा गोचर कुन्डलीको दशौँ स्थानमा रहेकाले तपाइको दिन रामो छ । जे गर्नुहुन्छ त्यसमा मेहनत बढी लाग्नेछ तर काम भने सफल हुनेछ । कम्प्यूटरको जस्तै तेज दिमाग चल्नेछ । आज तपाइको केहि नकारात्मक पक्ष पनि छन् जसलाई ध्यान दिनु भएमा दिन शुभ रहनेछ । एकैपटक बढी जिम्मेवारी लिँदा काममा समस्या आउन सक्छ त्यसैले एक काम सके पछी मात्र अर्को सुरु गर्नु राम्रो होला । एकै पटक धेरै काम गर्छु भन्दा खर्च बढ्ला । आफ्नो काम आफैले गर्नु उचित छ । प्रेम-सम्बन्धमा बोलिलाई संयमित राख्नुहोला मनमुटाव हुन सक्छ । पुरानो रोगबाट समस्या आउन सक्छ । उच्चरक्तचाप भएकाहरुले ध्यान दिनुहोला ।

मीन राशी 

केहि बिशेष काममा तपाइँलाई भाग्यले साथ दिनेछ । गोचर कुंडलीमा भाग्यको घरमा चंद्रमा भएकाले यस्तो हुन्छ । केहि अपरिचित व्यक्तिले तपाईलाई साथ दिन सक्नेछ । जे काम गर्नुहुन्छ आफैले आँटेर गर्दा राम्रो फल पाईएला । तपाइँको ध्यान आफु भन्दा अरुमा बढी रहनेछ । साथिभाईसंग भेटघाटमा रुची बढ्नेछ । केहि कठिन बिषयले सताउला । सडकमा हिड्दा तथा सवारी हाक्दा सावधानी अपनाउनुहोला । एकै काममा मन नजाला । मन स्थिर नहुँदा बन्ने काम  पनि बिग्रन वा समयमै नबन्नसक्छ । प्रेम सम्बन्ध भएकाहरुले आफ्नो प्रेम प्रस्ताव राख्नको लागि दिन राम्रो छ । नयाँ मानिससँग भेटको अवसर छ ।  स्वास्थ्य स्थित राम्रो रहला ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!