५ मिनेट यसरी खुट्टाको मालिस गर्दा ७ प्रकारको रोग निको हुन्छ !

Posted on: 29 Nov, 2017

सास (सेल्फ हेल्प) | दिनभर काम गर्ने वा सारीरिक रुपमा काम नगर्नाले खुट्टामा समस्या आउँछ र बिभिन्न खालको समस्या देखा पर्न थाल्छ । यसै कारण बिभिन्न खतरनाक रोगको पनि सिकार भइन्छ । तर यदी हामीले दैनिक सुत्नु अघि ५ मिनेट मात्र पनि आफ्नो खुट्टाको मसाज गर्छौं भने त्यस्ता रोग तथा समस्या हुनबाट बच्नुको साथै खतरनाक रोग तथा तनावबाट समेत छुटकारा पाउन सकिन्छ । हामीले आज तपाईलाई दैनिक खुट्टाको मसाज गर्दा हुने फाइदाको बारेमा तल चर्चा गरेका छौं: 

१. सुत्नु अघि खुट्टाको मालिस गर्दा मांसपेसी तन्दुरुस्त हुन्छ । यसको कारण रक्तसंचारमा समेत सहज हुन्छ । रातमा राम्रो निन्द्रा लाग्छ । यसको कारण इन्सोमनियाको समस्या हुँदैन । 

२. नियमित खुट्टाको मालिस गर्नाले हांड मजबुत हुन्छ । हांड बलोयो हुनाले अस्टिओपोरोसिसको खतरा हुँदैन । 


३. खुट्टा मालिस गर्नाले सरिरको रक्तसंचारमा समेत सुधार हुने हुँदा स्ट्रेस (चिन्ता/तनाब) कम हुन्छ । 

४. सुत्नु अघि खुट्टाको मालिस गर्नाले मेटाबलिज्म बढ्छ । यसको कारण थप क्यालरी उत्पादन हुन्छ । जसको कारण ओबेसिटी (मोटोपन) को समस्या हुँदैन । सरिर फिट र तन्दुरुस्त हुन्छ । 

५. निरन्तर सुत्नु अघि खुट्टा मालिस गर्नाले मांशपेशी तन्दुरुस्त हुन्छ जसको कारण मांशपेशी दुखाईमा पनि कमी आउँछ । 


६. मालिस गरेपछि खुट्टाको केहि भाग प्रभावित हुन्छ र मांशपेशीमा चाप पर्छ जसको कारण सरिरको इनर्जी लेवल बढ्छ । सरिरको इनर्जी लेवल बढ्नु भनेको सारीरिक थकान तथा कमजोरी हट्नु हो । 

७. दैनिक सुत्नु अघि मालिस गर्नाले सरिरको टक्सिन्स बाहिर निस्कन्छ । जसको कारण मृगौला तथा कलेजो सम्बन्धि रोग लाग्दैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!