अण्डा मांशाहारी कि शाकाहारी ? बैज्ञानिकहरुको यस्तो छ प्रतिकृया

Posted on: 29 Nov, 2017

सास | संसारमा यस्ता कयौं सवाल छन् जुन कुरा हामीले बच्चादेखि सुन्दै र जिज्ञाशा राख्दै आएका छौं तर त्यसको जवाफ अहिलेसम्म पाउन सकिएको छैन । जस्तै, संसारमा पहिले कुखुरा आयो वा अण्डा ? त्यस्तै आज हामी तपाईलाई यस्तै एउटा प्रश्नको बैज्ञानिक उत्तर दिनेछौं, जुन प्रश्न लामो समयदेखि बहसमा छ । 


अण्डा साकाहारी कि मांशहारी ? 

कयौं शाकाहारी मानिसहरु अण्डालाई मांशाहारी मानेर अण्डा सेवन गर्दैनन् । उनीहरु भन्छन कि अण्डा कुखुराले उत्पादन गर्छ, यसै कारण उनीहरु ठान्छन् कि अण्डा नन-भेज हो । तर यदी यस्तै कुरालाई सत्य मान्ने हो भने दूध पनि जनवरबाटै उत्पादन हुन्छ, के त्यसो भए दुध पनि ननभेज हो त ? 

यदी तपाइँलाई पनि यस्तै लाग्छ भने फेरी अर्को तर्क आउँछ कि अण्डाबाट बच्चा निस्कन्छ, त्यसैले अण्डा मांशाहारी हो । 

सबै अण्डाबाट बच्चा उत्पादन हुँदैन । बजारमा पाइने धेरैजसो अण्डा अनफर्टिलाइज्ड हुन्छ । जुन अण्डाबाट बच्चा उत्पादन हुँदैन । अण्डाबाट त्यतिकै बच्चा उत्पादन हुँदैन । अण्डाबाट बच्चा उत्पादन हुनको लागि केहि चरणहरु पार गर्नुपर्ने हुन्छ । जस्तो कि गाउँ-घरमा कुखुराले अण्डा पाएपछी त्यो अण्डालाई त्यतिकै राख्दा बच्चा बन्दैन । त्यसको लागि कुखुरा कोराल्नु (अण्डालाई छोपेर बस्नु) पर्छ । 


बिभिन्न कारण देखाई बैज्ञानिकहरुले भने अण्डा मांशहारी नभएको दावी गरेका छन् । वैज्ञानिकहरुले बिज्ञानको माध्यमबाट यस बिषयको जवाफ दिँदै भनेका छन् - 'अण्डा शाकाहारी हुन्छ ।'

यस बिषयमा तपाइको प्रतिक्रिया...!