दैनिक एउटा लङ्ग खाँदा सरिरलाई यत्रो फाइदा मिल्छ भने किन नखाने ?

Posted on: 12 Dec, 2017

टिप्स | हामीले लङ्गको प्रयोग प्राय मसलाको रुपमा प्रयोग गर्छौं । तर यदी दैनिक बिहान-बेलुका एक वा दुई हल्का भुटेको लङ्ग खानाले स्वास्थ्यमा निकै फाइदा गर्छ । 

यसले बिभिन्न रोगको निदानको काम गर्छ । लङ्गमा क्याल्शियम, आयरन, सोडियम र पोटाशियम जस्ता तत्वहरु पर्याप्त मात्रामा पाइन्छ । लङ्ग खानाले बिशेषत: ५ फाइदा हुन्छ, जुन आयुर्वेदमा अनुभवीहरुले समेत प्रमाणित गरेको र यसैको माध्यमबाट समस्या सामाधान गरेको कुरा हो ।

लङ्गमा इजेनल नामक तत्व पाइन्छ । यसले सरिरमा गर्मी दिन्छ । यसले साइनस (सर्दी)को समस्या समाधान गर्छ । दैनिक बिहान-बेलुका खाना खानु अघि एक लङ्ग खाने बानि गर्नाले पाचनमा समेत राहत दिन्छ । हामीले दैनिक खाने खाना अपाच्य हुने समस्या समाधान गर्नमा लङ्गको उपयोग गर्न सकिन्छ । लङ्ग सेवन गर्नाले एसिडिटीको समस्या समाधान हुन्छ जसको कारण ग्यास्ट्रिक भएकाहरुलाई समेत लङ्ग सेवन फाइदाजनक छ । 

लङ्गमा एन्टीइन्फ्लेमेटरी प्रोपर्टी पाईन्छ । यसले पेटको इन्फेक्शन टाढा राख्छ र पेट दुख्न समेत राहत दिन्छ । दैनिक एक लङ्ग खानाले सरिरको टक्सिन्स बाहिर निस्कनमा मद्धत गर्छ, लगातार थकानहुने, वजन बढ्ने, स्वासमा गन्ध आउने, कब्जियत, सरिरको मांशपेशी दुख्ने र छालाको समेत समस्या नहुनबाट दैनिक लङ्गको सेवन फाइदाजनक छ । लङ्ग सेवनले रगत सफा राख्नमा पनि मद्धत पुर्याउँछ । साथै छाला स्वस्थ राख्नमा पनि यसले मद्धत गर्छ । दैनिक लङ्ग सेवन गर्नाले सरिर स्फुर्त हुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!