आफ्नो जन्ममितिबाट जान्नुहोस् २०१८ मा तपाइको भाग्य चम्किन्छ कि चम्किन्न

Posted on: 09 Jan, 2018

टिप्स | अंक ज्योतिषको आधारमा सन् २०१८ क-कसको लागि शुभ छ भन्ने कुरा दिईएको छ ।  तपाइको जन्म मिति अनुसार २०१८ कस्तो रहन्छ भन्ने कुरा तपाइँ आफैले अध्ययन गर्न सक्नुहुनेछ । 

भविष्य जान्नको लागि ज्योतिषमा कयौं विद्याहरु बताईएको हुन्छ । ति बिद्यामध्ये एक विद्या हो अंक ज्योतिष । अंक ज्योतिषको मद्धतले जन्म मितिको आधारमा भविष्य र स्वभावसँग जोडिएको कुराहरु थाहा पाउन सकिन्छ । यो जानकारी नेपाली जन्ममितिको आधारमा नभई अंग्रेजी मिति अनुसार अपडेट भएकाले त्यसै अनुसार हेर्न हुन अनुरोध छ । साझा सबाल डटकमबाट 

अंक 1

जसको जन्म तारीख 1, 10, 19, 28 छ, उनीहरुको अंक 1 मानिन्छ । यस अंकको स्वामी सूर्य हो । अंक 1 भएका मानिसहरु सच्चा, रचनात्मक, ऊर्जावान, कयौं प्रतिभाहरुको धनी हुन्छन । 2018 को मूलांक 2 हो । यो अंक तपैक्को वर्गको हो, यसैले  पाएको अवसरहरुलाई आफ्नो पक्षमा पार्न सक्छ । यदी यस्ता मानिसले यो बर्ष कुनै काम प्रयास गर्छन भने परिणाम पक्षमै हुन्छ । जो मानिसहरु माथिल्लो तहमा काम गर्छन त्यस्ता मानिसले यो बर्ष आफ्नो स्वभाव शान्त राख्नु राम्रो हुन्छ । यो बर्ष आर्थिक स्थिति निकै राम्रो रहन्छ, भाग्यले साथ दिनेछ, तर केहि समस्या पनि थेग्नुपर्नेहुन्छ ।


अंक 2

जसको जन्म तारीख 2, 11, 20, 29 छ, उनीहरुको अंक 2 मानिन्छ । यस अंकको स्वामी चन्द्रमा हो । अंक 2 भएका व्यक्तिहरु कल्पनाशील, भावुक, सरल स्वाभाव भएको हुन्छन । उनीहरु रचनात्मक पनि हुन्छन । यो अंक भएकाहरुको लागि यो बर्ष निकै शुभ रहनेछ । चन्द्रमाले तपाइको कल्पनाशीलता बढाउँछ, यसै कारण तपाइले राम्रो फल प्राप्त गर्नुहुनेछ । यो बर्ष विवाह गर्नु पनि राम्रो हुन्छ । 2018 ले तपाइँलाई निकै सफलता दिनेछ । आफुलाई राम्रो काममा लगाव राख्नुहोस साथै कुनै पनि काममा मानसिक रूपले तयार हुनुहोस, किनकी ठुलो परिवर्तन प्राप्त हुनेछ ।  साझा सबाल डटकमबाट 

अंक 3

कुनै पनि महिनाको 3, 12, 21 र 30 तारीख जन्मिएका मानिसहरु 3 अंकको मानिन्छ । यो अंकको स्वामी गुरु हो । अंक 3 भएका मानिसहरु स्वााभिमानी, साहसी, अस्थिर दिमाग भएका हुन्छन । यस्ता मानिस दु:खमा बढी आतिदैनन बरु सामना गर्न सक्छन । 2018 मा तपाइको लागि पुरानो काममा सफलता मिल्ने योग छ । यो बर्ष तपाइँ धेरै चिन्तित हुने योग छ । वर्तमान समयमा कुनै पनि काममा सोच्दै-नसोची हात नहाल्नुनै ठीक होला । परिवार र साथिको मद्धतमा गरेको काम मात्र सफल होला । यो बर्ष आँटेको काम गर्नको लागि निकै मेहिनतको जरुरी हुनेछ ।

अंक 4

जुन व्यक्तिको जन्म तारीख 4, 13, 22, 31 छ, उनीहरुको अंक 4 मानिन्छ । यस अंकको स्वामी राहु हो । यो अंक परेका मानिसहरु थोरै घमण्डी, जिद्दी र साहसी हुन्छन । साथै, यस्ता मानिसहरुको कुरा गर्ने तरिका आकर्षक हुन्छ, यसै कारण  यिनिहरुको धेरै मित्र हुन्छन । यो बर्ष तपाइको लागि 2017 भन्दा बढी राम्रो छ । नयाँ बर्ष तपाइको लागि उज्जवल हुनेछ । यो बर्ष नयाँ कामको शुरु गर्नुभएमा सफलता मिल्नेछ । जागिरमा पनि लाभ मिल्नेछ ।  साझा सबाल डटकमबाट 


अंक 5

जुन व्यक्तिको जन्म तारीख 5, 14, 23 छ, उनीहरुको अंक 5 मानिन्छ । यस अंकको स्वामी बुध हो । बुध ग्रहको कारण यस्ता मानिसहरुको स्वभाव सम्मोहक हुन्छ । तपाइको बुद्धि तेज हुन्छ तर कतिपय परिस्थितिसँग जुध्न सक्नुहुँदैन । यो बर्ष यदी कुनै काम असफल भएमा त्यसले पनि राम्रो परिणाम दिन सक्नेछ । विरोधीहरु तपाइको नजिक आउने प्रयास गर्नेछन् । यो बर्ष नयाँ मानिसहरुसँगको भेटको लागि राम्रो छ । तपाइले यो बर्ष आफ्नो मानसिक समस्यालाई सन्तुलित बनाउन राम्रो हुनेछ । नाता सम्बन्धमा केहि समस्या आउन सक्नेछ ।  साझा सबाल डटकमबाट 

अंक 6

जुन व्यक्तिको जन्म तारीख 6, 15, 24 छ, उनीहरुको अंक 6 मानिन्छ । यस अंकको स्वामी शुक्र हो । यस्ता व्यक्तिहरु कला प्रेमी हुन्छन र राम्रो कपडा लगाउन मन पराउँछन् । यो अंकमा परेका मानिसहरुको वैवाहिक जीवनमा केहि समस्या देखिन सक्छ त्यसैले सावधानीमा रहनुहोला । शुक्रको कारण तपाइको मन रोमान्टिक रहनेछ । चन्द्रले तपाइलाई कल्पनाशील बनाउनेछ । यस बर्ष नचाहिदो खर्चबाट बच्नुहोला, अन्यथा पैसाको समस्या आउन सक्छ । तपाइको झुठो प्रशंसा गर्नेहरुबाट जोगिनुहोला । 2018 को अपेक्षाले तपाइको 2019 भने राम्रो हुनेछ ।


अंक 7

जुन व्यक्तिको जन्म तारीख 7, 16, 25 छ, उनीहरुको अंक 7 मानिन्छ । यस अंकको स्वामी केतु हो । अंक 7 भएका मानिसहरु स्वतंत्र बिचार भएको, ऊर्जावान र आकर्षक हुन्छन । यदी तपाइँ लामो समयको लागि कुनै काममा लगानी गर्नुहुन्छ भने यो बर्ष अत्यन्त राम्रो छ । कुनै पनि विशेषज्ञसँग सल्लाह लिएर लगानी गर्दा रामो हुन्छ । यो बर्ष तपाइको पदोन्नति र तलबमा समेत बढवा हुने योग छ । साना-साना समस्या आउन सक्छ । अनैतिक सम्बन्धबाट बच्नुहोला । 2018 मा समय तपाइको पक्षमा हुनेछ ।

अंक 8

जुन व्यक्तिको जन्म तारीख 8, 17, 26 छ, उनीहरुको अंक 8 मानिन्छ । यस अंकको स्वामी शनि हो । यो अंक भएका मानिसहरु शनिको कारणले लाभ प्राप्त गर्नेछन । यस्ता मानिसहरु प्रचार-प्रसारबाट टाढा हुन्छन भने आफ्नो काम पुरा गर्न लागी पर्छन । 2017 मा भएको दुख यो बर्ष हट्नेछ । 2018 मा केहि अचम्म लाग्दो परिणाम मिल्न सक्छ । यो अंकको मानिसहरुले बोलीमा ध्यान दिनुहोला । स्वास्थ्यमा बिशेष ख्याल गर्नुपर्नेछ ।  साझा सबाल डटकमबाट 

अंक 9

जुन व्यक्तिको जन्म तारीख 9, 18, 27 छ, उनीहरुको अंक 9 मानिन्छ । यस अंकको स्वामी मंगल हो । अंक 9 भएका मानिसहरु उत्साही, बलवान र सबै दुखमा डटेर सामना गर्न सक्ने खालको हुन्छन । 2018 को कारक चन्द्रमा हो र यस अंकको स्वामी मंगल हो । यी दुबै ग्रह एक-अर्कोमा विपरीत हुन् । यसै कारण ययो अंकमा परेका मानिसहरुले मानसिक तनावको सामना गर्नुपर्ने हुन्छ । यस बर्ष हरेक दिन नयाँ केहि कुरा सिक्न सक्नुहुनेछ । यस बर्ष अनावश्यक खर्चबाट भने बच्नुनै राम्रो हुनेछ । धनको समस्या आउन सक्छ ।  साझा सबाल डटकमबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!