किन दुख्दैन कपाल र नङ काट्दा ? यस्तो छ कारण

Posted on: 05 Feb, 2018

हाम्रो शरीरका दुई अंगहरू आजीवन बढिरहन्छन् । ती हुन् नङ र कपाल । 

हामीहरू फोहोर नजमोस् भनेर नियमित रूपमा कपाल र नङ काट्छौं । तर कपाल र नङ काट्दा हामीलाई दुख्दैन । शरीरका अन्य भाग चाहिँ अलिकति मात्र काटियो भने पनि बेस्सरी दुख्छ । किन यसो हुन्छ त ? 

शरीरविज्ञानको दृष्टिकोणले हेर्ने हो भने कपाल र नङमा ज्यान नहुनाले यसो भएको हो । कपाल र नङ मृत कोशिकाबाट बनेका हुन्छन् त्यसैले तिनलाई काट्दा दुख्दैन । तर कपाल पूरै मृत कोशिकाबाट बनेको भएपनि नङ चाहिँ यसो पनि होइन । 

तपाईंले याद गर्नुभएको होला, बढेको नङ काट्दा मात्र पीडा नहुने हो तर छालासँग टाँसिएको नङमा चोट लागेमा वा भाँचिएमा पीडा हुन्छ । पूरै नङ मृत कोशिकाबाट नबनेको बरू बढेका नङ मात्र मृत कोशिकाबाट बनेका हुनाले नदुखेको हो । 

छालासँग जोडिएका नङ चाहिँ जीवित कोशिकाबाट बनेको हुनाले त्यसमा चोट लाग्दा हामीलाई दुख्छ । एजेन्सीकप सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!