के तपाई आफ्नो मुहार सुन्दर बनाउन चाहानुहुन्छ ? यी घरेलु बिधि अपनाउनुस

Posted on: 05 Feb, 2018

माग २२ काठमाडौं | आफ्नो मुहार सुन्दर बनाउने चाहना कसलाई पो हुन्न र ? जति उमेर बढ्दै जान्छ, जति तनावले घेर्छ, जति रोगले च्याप्छ उत्तिनै हाम्रो सौन्दर्य पनि फिका हुँदै जान्छ । हुन त सौन्दर्य उमेर अनुसार फरक फरक हुन्छ । ८० बर्षिय पाको व्यक्ति पनि सुन्दर र आकर्षक देखिन सक्छ । त्यसैले यो उमेर भन्दा पनि खानपान र पहिरन शैलीमा निर्भर गर्ने कुरा हो ।

सधै सुन्दर र जवान देखिनका लागि पहिलो सर्त हो, स्वास्थ्य जीवन । शारीरिक रुपमा स्वास्थ्य र तन्दुरुस्त भइयो भने त्यसको प्रभाव अनुहार, छाला, केस सबैमा देखिन्छ । यसका लागि नियमित व्यायम, सन्तुलित खानपान जस्ता कुरालाई आत्मसात गर्नुपर्छ । यी तलका बिधिहरु नियमित अपनाउनु भयो भने तपाइले आफ्नो मुहारमा चमक ल्याउन सक्नु हुन्छ 

सुन्दर रहने सुत्र

१. सन्तुलित र स्वास्थ्य खानपान, सरसफाई

२. नियमित योग, व्यायम

३. प्राकृतिक सौन्दर्य प्रसोधनको प्रयोग

घरेलु विधीबाट प्राकृतिक सुन्दरता

१.  सुन्तला र दहीको लेप वनाएर प्रयोग गरेर अनुहारमा गोरोपन ल्याउन सकिन्छ ।

२. वेसार, वेसन र दुधको मिश्रण वनाएर अनुहारमा १० मिनेटसम्म लगाउँने । त्यसपछि आइस फेसियल गर्नुपर्छ ।

३.  मह र चियाको पानीको मिश्रण वनाएर प्रयोग गर्दा पनि अनुहार चम्किलो देखिन्छ ।

४. चन्दन, गुलाबजल, पदिनाको रस  मिलाएर अनुहारमा लगाएर १५ मिनेटसम्म राख्नुपर्छ, यसले दाग हटाएर चमक ल्याउँछ ।

५. २ चम्चा सोयाविनको आटा, एक ठूलो चम्चा दही र मह मिसाएर प्याक बनाउने । यसलाई १५ मिनेट अनुहारमा लगाएर सफा गर्नुपर्छ ।

६. बेसन, काँचो दुध, केहि थोपा कागतीको रस र थोरै बेसारको लेप तयार गरेर शरीरको छालामा दल्नुपर्छ ।

७.  ताजा अमला दुधमा हालेर पिस्ने, त्यसमा आधा चम्चा गुलावजल राखेर अनुहारमा हल्का मालिस गर्नुपर्छ ।

८.  दहीलाई कुनै फेस प्याक वा फलसँग मिलाएर अनुहारमा लगाउन सकिन्छ । त्यसले छाला नरम एवं मुलायम हुन्छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!