के तपाइको बच्चाको हाइट कम छ ? यसो गर्नुहोस् हाइट बढाउन

Posted on: 06 Feb, 2018

माघ २३ काठमाडौं | आफ्नो बच्चाको हाइट कम हुदाँ धेरैलाइ चिन्ताको बिषय बन्न सक्छ | यदि तपाइको बच्चाको हाइट कम छ भने यी तलका बिधि अपनाउनुस:-  

१. बढ्दै गरेका बालबालिका निद्रा पुग्ने गरी सुतेका छन् कि छैनन्, ध्यान दिनुहोस् । उनीहरुका लागि कम्तीमा पनि १० देखि १२ घन्टा सुत्नु आवश्यक छ । सुत्दा ग्रोथ हार्मोन उत्पादन हुन्छ र वृद्धिलाई सघाउ पुर्‍याउँछ । आराम नगर्दा पनि बच्चाको हाइट ठीकसंग बढ्दैन । 

२. बच्चाको खानामा प्रोटिन, आइरन, भिटामिन र क्याल्सियम तत्वले भरपूर चिज सामेल गर्नुस् । 

३. बच्चालाई घरबाहिरको खेलमा प्रोत्साहित गर्नुस् । खेलकूदबाट बच्चाको हाइट बढ्न सघाउ पुग्छ । यसका अलावा स्ट्रेचिङ र ह्यांगिङ अभ्यास पनि गराउनुस् । दौडने, साइकल चलाउने र पौडी खेल्ने गर्नाले पनि हाइट बढ्छ ।

४. बालबालिकालाई दैनिक योगा गर्ने बानी बसाउनुस् । हाइट बढाउनका लागि दिनहुँ सूर्य नमस्कार योगा गर्नु राम्रो हुन्छ । 

५. बालबालिकालाई चिया, कफीको बानी पर्न नदिनुस् । यी चिजमा क्याफिन हुन्छन्, जसले उनीहरुको वृद्धिमा असर पर्छ । दैनिक ८ देखि १० गिलास पानी पिउने बानी बसाल्न सिकाउनुस् ।

६. बच्चाको तौल र हाइटबारे जानकारी लिइराख्नुस् । समय–समयमा चिकित्सकलाई देखाउनुस् । यदि बच्चाको विकासमा कुनै समस्या छ भने सुरुमै थाहा पाउँदा नियन्त्रण गर्न  सजिलो हुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!