आजको सूर्य ग्रहण: कुन राशीलाई फाईदा, कसलाई बेफाइदा ?

Posted on: 16 Feb, 2018

फागुन ४, काठमाडौँ । २०१८ मा दोस्रो ग्रहण लागेको छ । १५ दिन अघि पनि चन्द्रग्रहण लागेको थियो । आज लागेको सूर्यग्रहण नेपालबाट भने  देखिएन् । रातको समय भएकाले नेपाल लगायत आधा संसारबाट सुर्यग्रहण देखिएन । सुर्य ग्रहण प्रशान्त र हिन्द  महासागर, दक्षिण अफ्रीका , नामीबिया , मोजाम्बिक, जिम्वावे, म्याडागास्कर, दक्षिणी अमेरिका, चिली, अर्जैन्टीना ब्राजील र अन्टार्टिकामा देखिएको छ  । 

२०१८ मा तीन सुर्य ग्रहण लाग्नेछन् । २०१८ मा लाग्ने तीनै सुर्य ग्रहण आंशिक सूर्य ग्रहण हुनेछ । जसमा आजको सूर्य ग्रहण पनि आंशिक नै हो । नेपालमा आजको सुर्यग्रहण नदेखिएपनि त्यसको प्रभाव हुँदैन भन्ने हुँदैन । फागुन अमावस्यामा सूर्यमा खण्डग्रास सूर्य ग्रहण देखा परेकोले यसलाई महत्वपूर्ण मानिएको छ । 

सूर्य ग्रहण के हो ?

वैज्ञानिकहरुले जनाए अनुसार, कुनै खगोलीय पिण्डको पूर्ण अथवा आंशिक भागले सुर्यलाई ढाक्नुलाइ सूर्यग्रहण भनिन्छ । सूर्य र पृथ्वीको बीचमा उक्त पिण्ड वा ग्रह पर्दा सूर्यलाई त्यसले छेक्दा सूर्य ग्रहण लाग्छ । 

राशिगत प्रभाव कस्तो ? 

२०१८ मा लागेको आजको पहिलो सुर्य ग्रहणका कारण कुन-कुन राशिहरुमा सकारात्मक वा नकारात्मक असर पर्छ जान्नुहोस।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) 

आजको सूर्य ग्रहणको कारण मेष राशिका व्यक्तिहरुका कार्यक्षेत्रमा मान सम्मान बढ्ने योग छ भने आयु  वृद्दि हुनेछ, साथै व्यवसायमा उत्तम लाभ हुने योग छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) 

सुर्यग्रहणको प्रभावले यो राशीगुनेलाई कार्य क्षेत्रमा व्यस्तता बढ्नेछ । जसको कारण नोकरीमा सम्मान मिल्नेछ । व्यवसायमा विस्तार हुनेछ । आफ्नो बोलीमा नियन्त्रण राख्नुहोला । १६ फेब्रुअरीपछि वृष राशिका व्यक्तिहरुलाई धन कमाउने धेरै अवसरहरु मिल्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह ) 

एस रासी हुनेहरु पारिवारिक विवादबाट टाढै रहनुहोला । विरोधीहरु शान्त रहनेछन । व्यावसायिक लाभ सामान्य हुनेछ । स्वास्थ्य अवस्था राम्रो रहनेछ । तथापि केही समस्याहरु आगामी दिनहरुमा आउन सक्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

सुर्यग्रहणको प्रभावलर कर्कट राशि भएकाहरुलाई १६ फेब्रुअरीपछि शुभ समाचार मिल्नेछ । भविस्यमा उन्नतिको अवसरहरु पाउनुहुनेछ । व्यवसायमा धन लाभ वृद्धि हुनेछ। साथीभाईहरुसँग भेटघाटको अवसर मिल्न सक्छ, जसको कारण नयाँ परियोजनाहरु अगाडी बढाउँने सम्भावना हुनेछ ।

सिंह राशि ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

सम्पतिसम्बन्धी रोकेका कामहरु पूरा हुनेछ । व्ययमा नियन्त्रण राख्नुहोला । स्वास्थ्य स्थिति सामान्य नै रहनेछ । कानूनी विवादमा संलग्न हुन् सक्छ । १६ फेब्रुअरी पछि कुनै प्रकारका दूर्घटना हुन् सक्छ, त्यसैले सावधान रहनुहोला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )

कन्या राशि हुनेहरुका लागि यो ग्रहणको समय अनूकुल रहनेछ । कार्य क्षेत्रमा विस्तार हुने सम्भावना छ । कहीं रोकेका पैसा प्राप्त हुनेछ । घरको पारिवारिक वातावरण सुखमय रहनेछ । विदेशको यात्रा गर्न सक्ने योग छ।

तुला राशि ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ) 

ग्रहण पछि तुला राशि व्यक्तिहरुको मन विचलित हुन् सक्छ। मानसिक तनाव बढ्न सक्छ। पैसाको मामलामा हानि नोक्सानी हुन् सक्छ। सावधान रहनुहोला।

बृश्चिक राशि ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) 

मन अशान्त रहनेछ। कानूनी झन्झटबाट मुक्ति मिल्नेछ। व्यापार व्यवसायमा सुधार हुनेछ। धर्ममा श्रद्धा बढ्नेछ।

धनु राशि ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ) 

तपाईको दिन प्रतिकूल रहनेछ। अपरिचित व्यक्तिहरुबाट सतर्क रहनुहोला। व्यवसायिक निर्णयहरु ध्यानपूर्वक सोचेर लिनुहोला। घरमा शान्ति हुनेछ।

मकर राशि ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )

कार्य क्षेत्रमा नयाँ पदभार मिल्न सक्छ। भू-सम्पतिबाट लाभका अवसरहरु उपलब्ध हुनेछ। व्यावसायिक लाभमा वृद्धि हुनेछ।

कुम्भ राशि ( गु, गे, गो, सा, सि, सु, से, सो, द ) 

भोग विलासका साधनहरुमा खर्च बढी हुनेछ। नोकरीमा मन जानेछ। व्यवसायमा धन लाभ हुनेछ। धैर्य गर्नुहोला।

मीन राशि ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) 

उत्साहमा वृद्धि हुनेछ। काममा उन्नति गर्ने अवसर मिल्नेछ। व्यवसायमा लाभ हुनेछ। सन्तानको भविष्यप्रति चिन्ता बढ्नेछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!