मेहन्दी लगाउनु पहिले यो जानकारी अवश्य पढ्नुहोस

Posted on: 22 Jul, 2016

साउन महिना बिशेषगरि मेहन्दी लगाउने चलन छ | यो चलन नेपालको आफ्नै चलन भने हैन | भारतीय संस्कृतिको प्रभाव स्वरूप हामीले अहिले साउन महिनामा महिलाहरुले व्यापक रुपमा मेहन्दी लगाउने गरेको देख्न सक्छौं | आज तपाईलाई हामी मेहन्दी लगाउँदा अपनाउनुपर्ने साबधानी र सुरक्षित तरिकाले मेहन्दी लगाउनेबारे केहि जानकारी दिन गएका छौं: 

१. सबैभन्दा पहिले, मेहन्दी लगाउनु अघि आफ्नो हात राम्ररि  धुनुहोस् |  

२. मेहन्दी लगाएपछि, मेहंदी कम्तिमा ४ देखि ५ घण्टासम्म रहन दिनुहोस् | मेहंदी रातमा लगाउँदा अझै राम्रो हुन्छ, राम्ररी बस्छ |

३. मेहंदी डिजाइन गरेपछि त्यसलाई धुनुभन्दा पनि पहिले खुर्केर हटाउनुस | साथै हटाएपछि लगभग २४ घण्टासम्म पानी नपार्नुस् | 

४. मेहंदी हटाएपछि त्यसलाई सर्सियुंको तेल वा तिलको तेल पनि लगाउन सक्नुहुन्छ, तेल लगाउँदा मेहन्दीको चमकता बढी देखिन्छ | 

५. चीनी र कागती पानी लगाउने जरुरी छैन, यसले मेहन्दी लगाउने क्रममा खासै भूमिका खेल्दैन |

६. यदी मेहन्दी बसेको छैन बहने भिजेको चुन दल्नुहोस | तर पानी भने हाल्नुहुँदैन | 

कस्तो मेहन्दी खतरनाक ?

- मेहन्दी लगाउनु अघि नै तपाइले उक्त मेहन्दी थोरै आफ्नो हातमा लगाउनुस र केहि बेरमा धुनूस् | यदी मेहन्दीको रंग एकदमै गाढा छ भने सम्झनुस  त्यसमा मिलावट छ, त्यसमा केमिकल छ | शुद्ध मेहन्दीको घोल गाढा हरियो रंगको हुन्छ |   मिलावटि मेहन्दीको घोल गाढा हरियोबाट कालो हुँदै जान्छ | 

- मेहंदी तब राम्ररी लाग्छ जब मेहंदीको घोलको रंग निकै गाढा हुन्छ, यदी रंग गाढा छैन भने उक्त मेहन्दी राम्रो छैन | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!