यौनाङ्ग आकारको बढी चिन्ता महिलामा हुन्छ कि पुरुषमा ?

Posted on: 23 Jul, 2016

महिलाहरु पुरुषको लिंगकोआकारभन्दा व्यक्तित्वमा बढी आकर्षित हुने गरेको एक अध्ययनले देखाएको छ । तर, पुरुष स्वयम् भने लिंगको आकारप्रति बढी चिन्तित हुने गरेको पाइएको छ । यो तथ्य बेलायतबाट प्रकाशित हुने युरोलोजी जर्नलमा प्रकाशित गरिएको छ ।

बेलायतको रोयल हालमशायर अस्पतालका डा. केभन वाइलिकाअनुसार पुरुषले ठुलो लिंग भएमा यौनप्रति आत्मविश्वास बढ्ने विश्वास राख्छन् भने महिलाहरुमा ठुलो या सानो आकारले कुनै असर गर्दैन । अध्ययनमा क्रममा ११ हजार ५ सय ३१ जनाको लिंगको आकारको नाप लिइएको थियो ।

 त्यसक्रममा उत्तेजित लिंगको लम्बाई १४ देखि १६ सेन्टिमिटरसम्म रहेको पाइएको थियो । अध्ययनका क्रममा टोलीले लिंगको आकार बढाउन प्रयोग गरिएका विभिन्न अनौठा परम्पराबारे पनि जानकारी लिएका थिए । 

त्यसमध्ये ब्राजिलको टोपिनामा जाति एक थियो । ती समुदायले लिंगको आकार बढाउन ६ महिनासम्म विषालु सर्पले टोकाएर राख्ने गरेको पाइएको थियो । यस्तै, भारतीय साधुहरुले आकार बढाउन लिंगले ग¥हुंगो तौल उठाउने अभ्यास गर्छन् । यस्तै, बोर्नियोका मानिसले आफ्नो यौन साथीलाई उत्तेजित बनाउन लिंगमा प्वालपारी विभिन्न चिज राख्ने गर्छन् ।

अध्ययनका क्रममा ५० हजार महिलातथा पुरुषलाई पनि समावेश गरिएकोथियो । तीमध्ये ६६ प्रतिशत पुरुषले आफ्नो लिंगकोआकार सामान्य साइजकोभएको बताएका थिए भने २२प्रतिशतले ठुलो र १२ प्रतिशतले सानोभएको बताएका थिए । ८५ प्रतिशत महिलाहरुले आफ्नो यौन साथीको लिंगको आकारबाट सन्तुष्ट रहेकोबताएका थिए भने ५५ प्रतिशत महिलामात्रले आफूहरु सन्तुष्ट रहेको बताएका थिए ।

अर्को एकअध्ययनमा भने ९० प्रतिशत महिलाले लामोलिंग आफ्नोप्राथमिकता रहेको बताएका थिए । महिलाहरुले पुरुष आकर्षणपनि निकै जटिल कुरा भएको बताउदैं लिंगको आकार महत्वपूर्ण नरहेको बताएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!