पोखरामा प्याराग्लाईडिङ पाइलट सम्मानित

Posted on: 28 Sep, 2016

असोज १२, पोखरा | नेपाल प्याराग्लाईडिङ पाइलट क्लबले आफनो प्रथम साधारण सभाको अबसर पारेर प्याराग्लाईडिङ पाइलटलाई सम्मान गरेको छ ।

बुधबार पोखरामा आयोजित साधारण सभामा प्याराग्लाईडिङ पाइलट राजेश बम्जन, रविन गुरुङ, विमल अधिकारी, विशाल थापा, सुसिल गुरुङ, क्रशु पौडेल, सुविन थापा मगर, अजय शर्मा, यूकेश गुरुङ, ससिल गुरुङ र विशाल थापालाई सम्मान गरिएको थियो । २०१६ अगष्ट १३ देखि २० सम्म इन्डोनेसियाको पालुथरमा आयोजित प्रि वल्डकप प्याराग्लाईडिङ च्याम्पियन सिपमा सहभागी भै टिम च्याम्पियन बन्न सफल भई नेपाल र नेपालीको शीर उच्च बनाउन सफल भएको भन्दै सम्मान गरिएको क्बले जनाएको छ । 

उनीहरुलाई पश्चिामञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, नेपाल प्याराग्लाईडिङ पाइलट्स क्लबका अध्यक्ष खुबबहादुर गुरुङले खादा र सम्मानपत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्ने बत्ताले प्याराग्लाईडिङ साहसिक खेलका रुपमा विकास भएको बताउदै यसलाई राज्यले चासो नदिएको नदिएको गुनासो गरे । नेपाल आउने बाह्य पर्यटक मात्रै नभएर आन्तरीक पर्यटक समेत प्याराग्लाईडिङ गर्न इच्छुक हुने गरेको भन्दै पहुचका आधारमा लाइसेन्स दिने काम रोक्नपर्ने बताए ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले प्याराग्लाईडिङ खेलको विकासका लागी सहकार्य गरेर अगाडी बढन तयार रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङ, रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ, क्लबका सदस्य क्रसु पौडेल लगायतले प्याराग्लाइडिङ क्षेत्रका बारेमा बोलेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!