डडेल्धुराका पर्यटकीय स्थलमा पर्यटकको संख्या बढ्यो

Posted on: 06 Dec, 2016

धु्र्ब बिष्ट,२१ मंसिर डडेल्धुरा । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा पुग्ने पर्यटकको संख्या बढ्दै गएको छ । पर्यटकलाई वस्ने सुविधाजनक बासको व्यवस्था भएसँगै डडेल्धुरामा पुग्ने बाह्य पर्यटकहरुको संख्या बढेको हो । सुदूरपश्चिमका अन्य पर्यटकीय स्थल अवलोकनपछि पनि पर्यटकहरु डडेल्धुरा आउने गरेका छन । चाडपर्वका बेला धार्मिक, सांस्कृतिक गतिविधि बढी हुने यो समय प्राकृतिक दृष्यावलोकन पनि राम्रो हुने भएकाले डडेल्धुरा पर्यटकको रोजाई बन्दै गएको हो । पर्यटनका लागि डडेल्धुरामा प्रसिद्ध उग्रतारा मन्दिर, घटालबाबा, अजयमेरु कोट, गन्याप मन्दिर, भागेश्वर धुरा लगायतका बिभिन्न स्थलहरु रहेका छन । सुदूरपश्चिममा प्रसिद्ध खप्तड क्षेत्र, बडिमालिका, अपी साईपाल हिमाल, प्राकृतिक ताल, गुफा, ¥याफ्टिङका लागि चर्चित पश्चिम सेती र महाकाली नदी आकर्षक मानिन्छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!