पूरै रारा हेर्ने मुर्माटपबाट

Posted on: 09 Jan, 2017


दान बहादुर बुढा | पुस २५, मुगु | कुनै समयमा गायिका कुन्ती मोक्तानले (मनको मायाँ हजुरको कहिले पाउने हो, हुम्ला-जुम्ला गाडीमा कहिले जाने हो, डुंगा चडी रारा ताल कहिले  घुम्ने हो भन्ने गित १० बर्ष पहिलाको गाएको गायीकाको हिजो-आज रारामा पुग्ने जो-कोही पर्यटकहरुले यो गितको सम्झना साकार भएको बताउछन् ।

गीतमा भनिएझैं रारा तालमा डुंगा सयर गर्दा-गर्दा निलगगनमुनि राराको पूरै सौन्दर्य नियाल्न भने सकिदैन । जति राराको किनारबाट नियाल्दा पनि राराको पूरै तस्वीर राराको सौन्दर्य आखामा अटाउदैन ।

त्यसैले ५.१ किमी लामो २.७ किमि चौडाई र १६७ मिटरमा गहीरो रारासंगै पूरै रारा रामसार क्षेत्रको पूर्ण सौन्दर्य नियाल्न मुर्माटपसम्म पूग्नै पर्नेहुन्छ । समुन्द्र सतहदेखी ३ हजार ६ सय ३० तिस मिटरको उचाहीमा रहेको मुर्माटप बाट २ हजार नै सय ७२ मिटरमा रहेको राराताल पूर्ण वा पूरै हेर्न र देख्न सकिन्छ ।

रारा घुम्न आउनेहरुले मुर्माटप पूगेपछि बाजुरा, जुम्ला, हुम्ला, कालीकोट, अछाम, मुगु र हुम्लामा रहेको चंङखेली हिमाल, छायानाथ हिमाल, कोहिजि मरका हिमाल, बुढीन्दा, बडीमालीका हिमाल, सैपाल हिमाल, खेसमालिका हिमाल, जस्ता धेरै हिमक्षृंखलाहरु मुर्माटपबाट देख्न सकिन्छ । राराबाट २ घण्टा टाढा रहेको चुचेमारा लेकतिर जाँदा कस्तुरी, भालु, बदेल, रेडपाण्डा, निगाली बाघ, जस्ता जनावर र कालीज डाफे, मुनाल, च्याखुरा, काडेभ्याकुड लागायत बिभिन्न जातका चरा चरचुरीङ्कगी, २ सय भन्दा बढी प्रजातिका फूलहरु पाईन्छन । जति रारा तालको छेउबाट राराको मजालीइन्छ तेसको आकास पातल फरक छ मुर्माबाट रारको मजा तेसहीले रारा आउने जोकोहीलाई पनि मुर्मा टपमा पुगेर मात्र । र्फकन समेत जुम्ला जिल्लाका लोक बहादर भण्डारी भन्छन् ।


तीन दशक निमार्ण अवधिपछि गत श्रावण ४ गते कालपत्रे भई रारा विमान स्थल नियमित संचालन र २०६९ पुष महिनाबाट सदरमुकाम गमगढीसम्म राष्ट्रिय सडक संजाल जोडिएसंगै रारा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या ह्वात्तै बढेपनि पर्यटकहरुलाई आवास लगायतका पुर्वाधार रारामा उपलब्ध नहुँदा भने रारा बसाई असहज हुने गरेको छ । आ.व ०७३/७४ को नौ  महिनासम्म आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या ४० हजार भन्दा बढी आएको रारा राष्ट्रिय निकुञ्जका एक कर्मचारीले बताएका छन् । देश विदेशबाट स्वर्गको एक टुक्रा रारा हेर्ने मनोकाक्षा पुरा गर्न स्थल तथा हवाई मार्गबाट पछिल्ला बर्षहरुमा पर्यटकहरु आउने क्रम बढदै गए पनि यहाँ पर्यटकहरुका लागी सुविधा सम्पन्न होटल, मनोरन्जनका साधन, तालमा घुम्न डुंगा लागायतका सेवा पूर्पधारको आवश्यक देखीएको छ ।

केही दिन अघि उद्योग पाणिज्य महासंघको कर्णाली अञ्चल भेलाको कार्याक्रममा रारा पुगेका महासंघका पूव अध्क्षय चण्डीराज ढकालले भन्नु भएको थियो अव रारामा निजिक्षेत्रले चुप लागेर बस्नु हुँदैन राराको बिकासको लागी सरकार संग सहकार्या गरेर अगाढी बढाउने पहलमा लाग्ने समेत बताएका छन् ।  रारा त स्वर्ग  हाम्रौ नेपालमा रहेछ कस्तुरीले आफनो विना आफैसंग भएको पत्तो नपाएर बास्ना खोज्न भौतारिए झै हामी पनि स्वर्ग आफनै देशमा भएर पनि देश विदेश भौतारिएका रहेछौं । साहित्यकार महेन्द्र विर विक्रम शाहले २०२० सालमा रारा आउदा राराको मनमोहन दृष्यलाई समेटेर रारा कि अप्सरा कविता संग्रह रारामा बसी बनाएका हुन्  ।

रारा पुग्ने जो कोही रारालाई कलाकारको आँखामा कला, साहित्यकारको आँखामा कृति, पत्रकारको आँखामा समाचार, राजनितिज्ञको नजरमा मन्च,धर्मालम्बीहरुको नजरमा तिर्थस्थल,पर्यटकको नजरमा स्वर्गको एक टुक्रा, सर्जकको आँखामा सृजना र सर्वसाधारणको नजरमा शान्ति देख्ने गर्दछन ।


यति हुदाहुदै पनि रारातालमा पुग्ने उच्च पदस्थ राजनितिज्ञ तथा सरकारी कर्मचारीहरुमा रारामा पुग्ने वित्तिकै यसको विकास र स्थानिय जनताका बारे ठुला ठुला आश्वाशन दिएर फर्कने गरे पनि यो क्षेत्रको सर्वोपरि विकास हुन सकेको छैन । पुर्व योजना आयोगका उपाध्यक्ष पिताम्बर शर्माको भनाईलाई सापट लिएर भन्ने हो भने रारा साच्चिकै लकरको सुन जस्तै भएको छ । लकरबाट बाहिर निकालेर सुनलाई विभिन्न डिजाईनका गहना बनाएर सुन व्यापारीले जती फाईदा दिन सक्ने लकर मै थन्काए महत्व मात्र सम्झेर दिन कटाए जस्तै त्यस्तै भएको छ रारा । अनेकौ सम्भावना भएर पनि न त राज्यले नै फाईदा लिन सकेको छ र नत स्थानिय जनताले नै ।

पहिला पहिला रारा पुग्न हप्तौ दिन पैदल यात्र गर्नु पथ्र्यो । कठिन बाटो असुरक्षित यात्रा गर्नु पर्दा पर्यटकहरु चाहेर पनि रारा आउन सकिरहेका थिएनन । फाटट फुटट रुपमा आउने पर्यटकहरुलाई रारा र माझ घटटमा रहेका २/४ होटलले धानेका थिए । २०६१ सालमा मुगु स्थित रारा विमान स्थल कच्ची निमार्ण कार्य सम्पन्न भै संचालनमा आए यता त्यो सख्या बढदै गए पनि २०६९ सालमा जिल्ला सदरमुकाम गमगढी राष्टिय सडक संजालमा जोडिएपछि र गत श्रावण महिनाबाट विमानस्थल कालपत्रे भएयता रारामा आउने आन्तरिक तथा बाह्य पर्यटकको सख्या नाटकिय रुपमा बढेर गएको छ । यती सम्मकी रारामा बस्ने ठाँउको अभावमा चौरमा पाल टागेर पर्यटकहरु बस्नु पर्ने अवस्था छ ।

रारामा सबै प्राकृतिक सौन्दर्यहरु छन । हाल मानव अतिक्रमणमा रारा तथा आसपासका क्षेत्र परेका छैनन । यहाँ पुर्वाधार विकास गरिदा यहाँको प्राकृतिक संरचना नविगी्रने गरि गरिनु पर्छ । हवाई र सडक सहजताले रारा हेर्न आउने पर्यटकहरु बढी रहेका बेला राज्यले उनीहरुबाट भरपुर फाईदा लिन होटल,मनोरन्जन,धार्मिक स्थल,पदमार्ग लगायतका पुर्वाधार निमार्णमा ध्यान दिई पर्यटकहरुको रारा बसाई लम्बाउने कार्य गर्नु पर्छ । उसो त राज्यले राराका लागी केही नगरेको भने हाईन बर्षेनी पर्यटन बोर्ड , राष्टिय ताल विकास समिती र कर्णाली पर्यटन विकास समिती जुम्लाबाट  करोड भन्दा बढी रकम विभिन्न काम गर्ने भनी राराका नाममा आउने गरेपनि जिल्ला विकास समिती मार्फत नभएर सिधै ति निकायसंग सम्झौता र निकासा हुने भएकाले काम प्रभावकारी हुन सकेका छैनन ।  राज्यले विकासका नाममा बजेट विनीयोजन गरे पनि यो बजेट राजनैतिक दलका कार्यकर्ता पाल्ने र केही टाठा बाठाले कमाई खाने भाँडो बनाएका छन । प्रतेक बर्ष राराको पूर्व धार बिकासकोलागी आएको रकम कागजी रुपमा बिकास भएको देखीन्छ । बास्तबिक लक्ष्य उद्येश्य अनुशार कुनै पनि योजनाको काम १० प्रतिशत भन्दा बढी काम भएको छहीन बिकास योजना दिने निकायले कुन तरीकाले रकम भूक्त्तानि दिने गरेको छ अक्तीयार अनुसन्धान गनेनिकायाले आँखामा कता पटिबाधेर बसेको छ भन्छनु रारा ताल नजिक रहेको मुर्मागाँउका ७५ बर्षिय जय बहादुर रोकायाले राजा महेन्द्र रारा आउदा जस्तो थियो अहिले पनि रारा उस्तै रहेको बताए । सरकारबाट बर्षेनी विकासका लागी रकम छुटाएको सुन्छु तर कहाँ जान्छ रारामा विकास भएको देखिदैन उनले थपे । हुन पनि राराको नाममा करोडौ बजेट खर्च भएको सरकारी तथ्याकमा देखिएपनि देखिने विकास रारामा पाउन गा्रहो छ  सर्वसाधारणको बुझाई छ ।

बिगत बर्ष भन्दा यो बर्ष आन्तरी तथा बाहिय पर्याटनहरुको संख्या  रारा राष्टिय निकुन्जका संरक्षण अधिकृत मोहनचन्द्र विश्वकर्माको बुझाई छ ।


अधिकृत विश्वकर्माका अनुसार नेपाली आन्तरिक पर्यटकको तत्थ्याक निकुन्जले राख्ने गरेको छैन तर पनि पछिल्ला बर्षमा यातायातका सहजताले होला देशका विभिन्न जिल्लामा रहेका विद्यालय,संघ,सस्था,सरकारी निकायबाट धेरै सख्यामा आन्तरिक पर्यटकहरु रारा आउने गरेका छन भने देशका प्रतिष्ठीत उद्यागी,व्यापारी,पुर्व उच्च पदस्थ अधिकारी ,कर्मचारी रारा घुम्न आउने क्रम बढेको छ । गत बर्ष भरीमा १४१ बाह्य पर्यटक आएकोमा यो बर्ष पहिलो चौमाषिकमा नै ९८ जना आएका छन । अझै ७ महिना बाकी छन यस हिसाबले हेर्दा रारा आउने पर्यटकको सख्या बढदै गएको कार्यालयले जनाएको छ । तालको नजिक निकुन्जको चमेना गृहको रुपमा एउटा होटल भएपनि सयौ सख्यामा आउने पर्यटकलाई यो अपुग छ भने सुविधा सम्पन्न होटल बासको आवश्यकता छ  ।

निकुन्ज वरिपरिका बासिन्दालाई पर्यटन प्रव्रधन सम्वन्धि तालिम र रारामा पर्यटन मैत्री पुर्वाधार निमार्ण गर्ने हो भने आन्तरिक तथा वाह्य पर्यटक बढन गई मुगु जिल्लाको मात्र नभई समग्र देश कै अर्थतन्त्रमा राराको प्रभाव रहने पनि रारा राष्ट्रिय मध्यवति क्षेत्र ब्यबस्थापन समितिकास अध्क्षय बिर्ख बहादुर रोकायाको भनाई छ ।

नेपाल सरकारका बिशिस्ट ओदाका ब्यातिहरु मन्त्रि, मन्त्तालयका सचिबहरु, अन्य बिभिन्न देशका राजदुतहरु मज्त्रालयक ब्याक्तिहरु जिल्लाको बिभिन्न निकायको अनुगमन वा कार्याक्रमको सम्बोधनको बाहाना बनायर रारा घुम्न आउनेको घुईचो हुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!