चन्द्रागिरि केबलकार दिउँसो एक घण्टा बन्द हुने

Posted on: 19 Mar, 2017

चैत ६, काठमाडौं | चैत्र ६ गतेदेखि चन्द्रागिरि केवलकार दिउसो एक घण्टा बन्द हुने भएको छ । एक प्रेस बिज्ञप्ति मार्फत चन्द्रागिरी हिल्सले दिएको जानकारी अनूसार सनिबार बाहेक अन्य दिन लन्च ब्रेकको लागि १ घण्टा केवलकार बन्द गर्न लागिएको हो । 

नयाँ व्यवस्था अनुसार दिउँसो १२:३० बजेदेखि १:३० बजेसम्म चन्द्रागिरि केबलकार बन्द हुनेछ । कम्पनीमा कार्यरत कर्मचारीहरुको खाना खाने समय एवम् केबलकारको इन्जिनलाई समेत केहि समय रेस्ट दिनुपर्ने भएकाले यस्तो व्यवस्था लागु गरिएको  चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ । 

यो व्यवस्था सार्वजनिक विदाका दिन तथा शनिबार भने लागु हुनेछैन । केबलकार एक घण्टा बन्द गरिने भएपनि केवलकार परिसरमा रहेका अन्य सेवाहरु, रेस्टुरेन्ट, बार, वाल उद्यान नियमति संचालन हुनेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!