जाडो छल्न रारा आउँदै पाहुना चरा

Posted on: 31 Jan, 2018

दान बहादुर बुढा | माघ १७, मुगु | हिउँद सुरु भए यता विश्वका विभिन्न स्थानबाट जाडो छल्न पाहुना चरा रारा आउन थालेका छन ।

हिउँदको समयमा साईवेरिया युरोप मानसोरवार तिर अत्याधिक जाडो हुने भएकाले हरेक वर्ष ति क्षेत्रबाट जाडो छल्न हाँसहरु रारा आउने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । हरेक वर्ष कार्तिक अन्त्य देखि माघसम्म हजारौको संख्यामा पाहुना चरा रारा आउने गरेको कार्यालयको भनाई छ । जाडो छल्न रारा पुगेका यि चराहरु चैत्र अन्तिम तिर मात्र फर्किने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका कार्यालय प्रमुख चन्द्रशेखर चौधरीले बताए ।


 चौधरीका अनुसार अहिलेसम्म छ सय जति पाहुना चरा रारामा आई पुगेका छन भने चरा आउने क्रम पनि जारी रहेको छ । अहिले रारामा कमन कुड, युरेसियन युगेन, ग्रागेनी, कमन पचाड, टप्टेड डग लगयत प्रजातीका हाँसहरु देखिन थालेको कार्यालयको भनाई छ । वारहेडेड गुज नामक सानो र ठुलो प्रजातीको हाँस केही ढिलो गरि आउने गर्दछ । रारा तालमा पानी नजम्ने भएकाले पनि वर्षेनी पानीमा बस्ने प्रजातीका चराहरु रारा आउने गर्दछन ।

रारा तालमा पानिमा खेल्र्ने जल चरा जलेउवा, हाँस, करेङ्ककुरुङ्ग  बाहेक अन्य बनमा पाइृने बिभिन्न प्रजातिका कालीज, काडेभ्याकुर, ढुकुर, मुनाल, डाँफे, भ्याकुर, चिरकालीज, लगाएतका हजारौँ प्रजातिका चराहरुले झन राराको शोभा बढाएको छ ।

तश्विर: दान बहादुर बुढा | साझा सबाल/मुगु 

यस बिषयमा तपाइको प्रतिक्रिया...!