बागलुङको ढोरपाटनमा प्रधानमन्त्रीको पहिलो भ्रमण

Posted on: 13 Apr, 2018

चैत ३०, ढोरपाटन | प्रधानमन्त्री केपी शर्मा ओली आज केहि समय अघि प्राकृतिक सौन्दर्यले भरिपूर्ण ढोरपाटनमा अवतरण गरेर मुगु तिर प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीको यो ढोरपाटनको पहिलो भ्रमण हो । प्रधानमन्त्री ओलीको टोलीलाई ढोरपाटनमा स्थानीय निकायका जनप्रतिनिधीहरु, स्थानीयबासी, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीका साथमा रक्षा, शिक्षा, पर्यटन मन्त्री सहित पूर्व सभामुख सुवास नेवाङ, जनार्दन शर्मा रहेका थिए ।

ढोरपाटनमा आयोजित संक्षिप्त कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्यटन मार्फत देशलाई सम्बृद्ध बनाउने सरकारको लक्ष रहेकोले ढोरपाटनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता जाहेर गरे । प्रधानमन्त्री ओलीले ढोरपाटनबासीको सर्बाधिक चासोको विषय रहेको उत्तरगंगा हाईड्रको विषयमा बोल्दै ढोरपाटनलाई नडुबाईकन उत्तरगंगा हाईड्रो –जलाशय) निर्माण गरिने पनि विश्वास दिलाए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले ढोरपाटन शिकार आरक्ष कार्यालय र ढोरपाटन स्थित नेपाली सेनाको हनुमानध्वज गुल्मको निरीक्षण गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्री ओली समक्ष ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला, बडीगाड गाउँपालिकाहरुका प्रमुख, बागलुङ उद्योग वाणिज्य संघ बुर्तिवाङ इकाईका पदाधिकारी सहितको संयुक्त टोलीले पश्चिम क्षेत्रका समस्याहरु संबोधन गर्नका लागि आवश्यक मागपत्र सोही माग पत्र बुझाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!