विश्वका घुम्नलायक उत्कृष्ट शहरमध्ये काठमाडौं पाचौं नम्बरमा

Posted on: 23 Oct, 2018

कात्तिक ६, काठमाडौं । विश्वका घुम्नलायक उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौं पाचौं नम्मबरमा परेको छ । अमेरिकी ट्राफल गाइड बुक अर्थात ट्राभल वेब साइट लोन्ली प्लानेटले सन् २०१९ मा घुम्नलायक विश्वका १० उत्कृष्ट शहरको सूचि निकालेको हो ।

जसमा काठमाडौंले मेक्सिकोसिटी, सेनेगल, वाशिङ्गटन, क्रोयसिया र मोरक्कोलाई पछि पारेको छ । पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन छ । दोस्रोमा चीनको शेनचेन, तेस्रोमा सर्भियाको नोभिसाद, चौथोमा फ्लोरिडाको मियामी छन् ।

सन् २०१५ अर्थात साढे तीन वर्षअघिको भूकम्पको पीडा भुलेर काठमाडौंले विश्वभरका पर्यटकलाई स्वागत गर्न तयार र आतुर रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ । हिमाल प्रवेश गर्ने ढोकाको रुपमा काठमाडौंलाई ब्याख्या गरिएको छ ।

तीन वर्ष अघिको भूकम्पबाट तहसनहस भएको काठमाडौं पुनर्निर्माणपछि पर्यटकहरुलाई स्वागत गर्न तम्तयार रहेको लोन्ली प्लानेटले जनाएको छ । हिमाल प्रवेश गर्ने ढोकाको रुपमा काठमाडौंलाई ब्याख्या गरिएको छ ।

साथै हर्न निषेध गरिएको, ऐतिहासिक क्षेत्रहरुमा गाडी प्रवेश गर्न बन्देज गरिएको, मध्यकालीन वास्तुकलाले सजिएको र रात्रि जीवन तथा खानाको लागि पनि काठमाडौं घुम्नलायक रहेको भनेर व्याख्या गरिएको छ ।


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!