उद्योगी सुरज वैद्य पर्यटन वर्ष २०२० को संयोजकमा नियुक्त

Posted on: 02 Nov, 2018

कार्तिक १६, काठमाडौं। सरकारले नेपाल पर्यटन वर्ष २०२० को राष्ट्रिय संयोजकमा उद्योगी सुरज वैद्यलार्इ नियुक्ती गरेको छ। संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्रीस्तरीय निर्णयबाट वैद्यलार्इ राष्ट्रिय संयोजकमा नियुक्त गरेको हो। उनको कार्यकाल तीन वर्षको हुनेछ।

वैद्य नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन्। वैद्यज अर्गनाइजेशन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङका अध्यक्ष रहेका उनी सार्क चेम्बर अफ कर्मशका समेत पूर्व अध्यक्ष हुन्। उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन्।

वैद्यज अर्गनाइजेशन टोयोटा गाडीको नेपालको अधिकृत बिक्रेता हो। यो वाहेक यो समूहले चिया र पोल्ट्री क्षेत्रमा लगानी छ। जर्ज मेसन युनिभर्सिटीबाट एमबिए गरेका सुरजले पाँच वर्ष अघि लगानी वर्षको ब्राण्डिङ र मार्केटिङ सभापतिको रुपमा काम गरिसकेका छन्। राष्ट्रिय संयोजकको प्रतिस्पर्धामा वैद्य वाहेक आरआर पाण्डे, योगेन्द्र शाक्य, सुमन पाण्डे, सिर्जना राणा र प्रशिद्ध पाण्डे थिए।

राष्ट्रिय संयोजकले विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसार, पूर्वाधार विकास लगायतको जिम्मेवारी रहन्छ। सरकारले पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!