फेवातालको स्वरुमा पाल्पाको तालपोखरा, कालिनदीको पानी डाँडामा पुर्याएर ताल

Posted on: 07 Nov, 2018

प्रेम सुनार | कात्तिक २१, बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालले पाल्पाको रामपुर स्थित तालपोखरा तालको अवलोकन गरेका छन । सरकारले नेपालको एक सयौं पर्यटकिय गन्तब्यका सुचीमा तालपोखरा राखे संगै पर्यटकहरुको संख्या ह्वात्तै बृद्धि हुन थालेको र त्यहाँ थप पर्यटक भित्राउन अरु के गर्न सकिन्छ  र अन्त्र पनि त्यसरी नै जलसायको विकास गर्न अध्यान अवलोकन   गर्न  आफु  आएको मन्त्री वरालले बताए ।


उनले विद्यालय स्तर देखि नै त्यस तालको अवलोकन भ्रमण बढाउँदै आफ्नो स्थानमा पनि त्यसको सिको गर्न आबश्यक रहेको सुनाए । सोही अवसरमा मन्त्री वरालले रामपुर उद्योग बाणिज्य संघले आयोजना गरको शुभ दिपावलीको शुभकामना आदन प्रदान गर्ने कार्यक्रमलाई सम्वोधन पनि गरेका थिए । त्यस्तै उनले रामपुर अस्पताल र रामपुर माध्यामिक विद्यालयको अवलोकन समेत गरेका थिए ।


कालिनदीको पानी माथी डाँडामा पुर्याएर ताल

कालिनदीको पानी लिफ्टीङ्ग गरी तालमा खसालेर निलरह  पारिएको छ । जसमा डुङ्गाबाट सयल गर्ने गराउने गरिन्छ । उक्त तालले पोखराको फेवा तालको झल्को मेटाउने गरेको छ । पाल्पावासीले शौन्दर्यको हकमा त्यस ताल पोखरालाई  फेवाताल संग दाँज्न  थालेका छन  । सरकारले नयाँ पर्यटकिय गन्तव्यको विकास र पर्वद्धन गर्ने उद्देश्य अनुरुप २ करोड लागतमा उक्त ताल निर्माण गरेको हो ।

फेवातालमा जस्तै त्यस तालको विचमा मन्दिर बनाईएको छ । जहाँ पुगेर पुर्ज अर्चाना गरिन्छ । वरवरीको वस्ती र पहाडी टापुहरुले थप मनोरम बनेको छ । कम्तीमा दैनिक ४ सय पर्यटकहरु भित्रिने र २० हजार भन्दा बढि आम्दानी दैनिक हुने गरेको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटाले बताए । 

उनको अनुसार एक जना पर्यटकका लागि ५० रुपैयाँ शुल्क लिईन्छ । विद्यार्थीका लागि ३० रुपैयाँ लिईन्छ । पर्यटकहरु भित्रिए संगै स्थानियले होटल र पसलहरु राखेर आम्दानी समेत गर्न थालेका छन । संरक्षण समिति आफैले पनि खाजा नास्ता  घर सञ्चालन गरेर दैनिक १० हजारको आम्दानी लिदै आएको छ ।  हालै  १६ हजार माछाका भुराहरु राखेर थप आम्दानीको श्रोत बनाईएको छ । पिकनिक स्पट र सुन्दरपार्क निर्माण गरिएको छ ।

बिदाको दिन बिशेष गरी युवा युवती र कर्मचारीहरुको बढि भिड हुने गरेको छ । वाल उद्यान लगायत थप सुविधाहरु थपेर पर्यटकहरुको संख्यामा  बृद्धि गर्ने लक्ष्य लिईएको सचिव देवकोटाले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!