नेपालको विकास र समृद्धिमा चीनको सधै साथ रहनेछः राजदुत होङ्ग

Posted on: 27 Nov, 2018

धनन्जय बुढा | मङ्सिर ११, काठमाडौं । नेपालका लागि चिनीयाँ राजदुत यु होङ्गले नेपाल र चीनको प्रचिन काल देखि एक असल मित्र रहदै आएको र नेपालको विकास र समृद्धिमा चीनको सधैं सहयोग रहने प्रतिबद्दता व्यक्त गरेकी छन् । 

मंगलबार राजधानीमा ‘पर्यटन व्यवसायीको लागि तेश्रो चिनीयाँ भाषा तालिम समापन’ समारोहलाई संबोधनका क्रममा सो प्रतिबद्धता  व्यक्त गरेकी हुन् ।

राजदुत होङ्गले सन २०१८ नेपाल तथा चीन दुबै देशका लागि महत्वपूर्ण तथा अर्थपूर्ण वर्ष भएको बताइन् , नेपालमा नयाँ संविधान जारी भएसंगै दुई तहका निर्वाचन भएको र अहिले स्थिर सरकारले विकास र समृद्धिको बाटो पकड्न सफल भएकोप्रति अफू खुसि भएको बताइन् ।


  सथै चीनमा सुधार र खुलापनको ४०औं वर्षगाँठ र ‘बेल्ट एण्ड रोड ईनिसिएटिभ परियोजना’को पनि ५ बर्ष पूरा भएको बताउँदै उनले भनिन्, “नेपाल तथा विस्वमा नै यस परियोजनाको सकारात्मक प्रभाव पारिहेको छ ।” राजदुत होङले नेपाल र चीन सिमा जोडिएको एक असल छिमेकी भएको नाताले पनि दु्वै देशले एकअर्काको भाषा र सांस्कृतिको आदानप्रदान कार्यलाई आगमी दिनमा थप जोड दिनु पर्ने पनि बताइन् ।

त्यस्तै सांस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपालको आर्थिक तथा भौतिक विकासमा चीनको राम्रो सहयोग रहदै आएको बताएका छन् । साथै पछिल्लो समयमा चीनले भाषा र सांस्कृतिक क्षेत्रमा पनि सहकार्य बढाउन इच्छुक भएकोमा धन्यबाद दिए ।


नेपाल सांस्कृतिक तथा शैक्षिक परिषदका अध्यक्ष डा.हरिसचन्द्र साहले विगतका वर्षमा पनिे चिनीयाँ राजदुतावास,पर्यटन तथा सांस्कृत मन्त्रालयको समन्वयमा आफूहरुले गरेको चिनीयाँ भाषा शिक्षण कार्य सन्तुष्टि जनक भएको बताए ।

यस वर्ष ४० जनाले चिनीयाँ भाषाको एचएसके ३ (तेश्रो तह)को परिक्षा दिएको र त्यस मध्ये २९ जनाले उत्तिर्ण गर्न सफल भएको पनि अध्यक्ष साहले जनाकारी दिए । साथै कार्यक्रममा विद्यर्थीहरुले चिनीयाँ गीत संगित तथा नृत्य प्रदर्शन गरेका थिए ।

तश्वीर: सुनिल सर्मा

यस बिषयमा तपाइको प्रतिक्रिया...!