सीमा क्षेत्रमा बम विष्फोट हुँदा ६ जनाको मृत्यु

Posted on: 27 Jun, 2016

असार १३, बेरुत । लेबनानको एक सानो गाउँमा शङ्खलाबद्ध रुपमा भएका बम विस्फोटमा कम्तीमा ६ व्यक्तिको मृत्यु भएको समाचार छ ।

सिरियाको सीमाक्षेत्रमा भएको यस बम विस्क्फोटमा परी अन्य १५ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएको छ । पूर्वी लेबनानको अल काट गाउँमा भएको यस आक्रमणमा मारिएका सवै सर्वसाधारण भएको जनाइएको छ ।

घाइतेमध्ये तीन जना भने लेबनानी सैनिक भएको सो गाउँका स्थानीय बासिन्दाले लेबनान रेडियोका उपप्रमुखलाई जानकारी गराएका छन् ।

लेबनानको अल काट गाउँमा ठूलो सङ्ख्यामा सिरियाली शरणार्थीको बसोबास रहेको छ । सो इलाका सिरियाको सीमाक्षेत्र भएको हुनाले सन् २०११ बाट सिरियमामा जारी द्वन्द्वपछि सो इलाकामा कैयौँ पटक विस्फोटन भएको बताइएको छ । -एजेन्सीको सहयोगमा

यस बिषयमा तपाइको प्रतिक्रिया...!