कतारका राजकुमारले गरे अमादब्लम हिमालको सफल आरोहण

Posted on: 11 Nov, 2020

कार्तिक २६, काठमाडौँ | कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्लाहले हिमालको सफल आरोहण गरेका छन् | अब्दुल्लाहले ६ हजार आठ सय १२ मिटर अग्लो अमादब्लम हिमालको आज सफल आरोहण गरेका हुन् |

राजकुमारको आरोहण टोलीमा ६ जना विदेशबाट आएका आरोही थिए | 

राजकुमारसहित उनको टोलीले बुधबार बिहान ११:२० मा अमादब्लम हिमालको सफल आरोहण गरेको हिमालयन गाइड्स नेपालका प्रवन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!