कश्यपताल सरसफाई गरीने

Posted on: 09 Aug, 2016

साउन २५, पोखरा । कास्कीकोटमा रहेको पौराणीक तथा एतेहासीक कश्यप ताल (ठुली पोखरी) जलकुम्भी तथा अन्य झारले फोहर भए पछि सरसफाई कार्यक्रमको आयोजना गरीएको छ । यही श्रावण २९ गते शनीवारका दिन कश्यप ताल – ठुलीपोखरी सरसफाई आयोजना गरीएको आयोजक हाम्रो कास्कीकोट फेस वुक ग्रुपका गौरव त्रिपाठीले  जानकारी दीनुभयो । 

पछिल्लो समय तालमा देखीएको फोहोरले पर्यटकलाई पनि असर परेको र तालको दृश्यनै दिन प्रतिदिन कुरुप वन्दै गएकाले सरसफाई कार्यक्रम आयोजना गरीएको हो । समुन्दी सतह देखी करीव सत्रसय मिटर उचाईमा रहेको कश्यप ताल पौराणीक रुपमा पनि उतीनै महत्व रहेको छ । 

आवश्यक संरक्षण नभएकाले दिन प्रति दिन कश्यप ताल पुरीने खतरा वढ्दै गएको छ । सरसफाई कार्यक्रममा सभागीतालाई सवै स्थानीय क्लव आमा समुह र सामाजीक संघ सस्था हरुमा आयोजक हाम्रो कास्कीकोट फेसवुक गु्रपले आह्वान गरेको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!