टिएमजेमको प्रवेशद्धारमा सुविधायुक्त गेष्ट हाउस

Posted on: 27 Nov, 2021

मंसिर ११, तेह्रथुम | पूर्वी पहाडि क्षेत्रकाे पर्यटकीय क्षेत्र तिनजुरे मिल्मे जलजले (टिएमजे) काे प्रवेशद्वारमा सुविधायुक्त गेष्टहाउस खुलेकाे छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्रमा रहेको यो पर्यटकीय गन्तव्यमा बर्षेनी हजारौं पर्यटक आए पनि सुविधायुक्त बस्ने स्थान नहुँदा समस्यामा पर्दै  आएका थिए । 

कोशी राजमार्गको बसन्तरपुर बजारदेखि करिब २० मिनेटको दुरीमा रहेको तिनजुरे पाथीभारामा दर्शन गर्न आउने संख्या उतिकै चाप हुने गर्छ । तर ,यहाँ नजिकै सुबिधायुक्त होटल नहुँदा बसन्तपुर नै झर्नु पर्ने अवस्था थियो । पर्यटकलाई सेवा दिने उदेश्यका साथ लालीगुराँस नगरपालिकाको टुटे बजारमा हिमगंगा गेष्ट हाउस सञ्चालनमा आएको हाे ।

खासगरी गुराँस फुल्ने सिजन र हिउँ पर्ने सिजनमा यहाँ पर्यटकको ओइरो लाग्ने गरेको छ । २९ सय उचाइमा रहेको यो क्षेत्रमा आउने पर्यटक  चारैतिर हिमालको दृश्यावलोकन गर्दै हरियाली वातावरणमा रमाउने गरेका छन् । पर्यटकलाई सेवा दिने उदेश्यले ५० लाख लगानीमा हाेटेल सुरुवात गरेको सञ्चालक श्री कार्कीले बताए । स्थानीय परिकारसँगै स्वदेशी र विदेशी खाजाका साथै लोकल कुखुराको परिकार गेष्ट हाउसमै पाइने उनले बताए ।  खाना बस्न मात्र नभई विवाह, पार्टी र बर्थ डेका लागि समेत निशुल्क हल उपलब्ध गराउने कार्कीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!