उदयपुरमा समानुपातिकतर्फ काँग्रेस पहिलो

Posted on: 15 Dec, 2017

मङ्सिर २९, उदयपुर । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उदयपुरमा नेपाली काँग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । 

काँग्रेसले ४० हजार ९४७ मत प्राप्त गरी पहिलो भएको हो । नेकपा एमालेले ३६ हजार ८१२ र नेकपा (माओवादी केन्द्र) ले १८ हजार ४७७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । 

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा १८ हजार ८८६ मत बदर भएको सो कार्यालयले जनाएको छ ।  रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!