समाज | उदयपुर - UDP


सिराहाबाट चार बलात्कारी रंगेहात पक्राउ

Posted on July 16, 2018 | views : 368 | उदयपुर - UDP

असार ३२, उदयपुर | एक महिलालाई राति सिरहाको लहान बजारबाट अपहरण गरी गाडीमा लग्दै बलात्कार गर्ने चारजनालाई प्रहरीले त्रियुगा नगरपालिकाको लालपताबाट रंगेहात पक्राउ गरेको छ । स्कार्पियो गाडीबाट गएराति ११ बजे समातिएका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।  जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनि

Read More

दुई दिनदेखि हराएका वडा सदस्य मृत फेला

Posted on July 16, 2018 | views : 94 | उदयपुर - UDP

असार ३२, उदयपर | दुई दिनदेखि बेपत्ता भएको उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–३ का वडा सदस्य रामबहादुर मगर आज मृत फेला परेका छन् ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ३० गतेदेखि बेपत्ता भएका वडा सदस्य मगर आज बिहान स्थानीय सापुपा खोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन् ।  मगरको मृ

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 893 | उदयपुर - UDP

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 1257 | उदयपुर - UDP

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 827 | उदयपुर - UDP

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

वैदेशिक रोजगारीको नाममा ठगी

Posted on July 12, 2018 | views : 30 | उदयपुर - UDP

असार २८, उदयपुर | युवालाई रोजगारीका लागि विदेश पठाइदिने भन्दै सदरमुकाम गाईघाटमा रहेका केही मेनपावर र दलालले ठगी गर्ने गरेका छन् ।  रोजगारीमा पठाइदिने र राम्रो तलब दिलाउने भन्दै सर्वसाधारणबाट मोटो रकम लिएर विदेश पठाएपनि विदेशमा सम्झौताअनुसारको काम र तलब नपाएर उनीहरुको बिजोग हुने गरेको छ । 

Read More

सुगम भएर पनि सञ्चारविहीन उदयपुरको ताप्ली

Posted on July 04, 2018 | views : 37 | उदयपुर - UDP

हरिकुमार राई | असार २०, गाईघाट | उदयपुर जिल्लाका आठ स्थानीय तह अर्थात चार नगरपालिका र चार गाउँपालिकामध्ये अहिले पनि जिल्लाको पश्चिमी पहाडी क्षेत्रको ताप्ली गाउँपालिकामा सञ्चार सुविधाको व्यवस्था हुन नसक्दा सञ्चारविहीन अवस्थामा रहेको छ ।  जिल्लाका अन्य सबै स्थानीय तहमा विद्युत् तथा टेलिफोन सेवा,

Read More

उदयपुरका एक फरार अभियुक्त पक्राउ

Posted on June 11, 2018 | views : 54 | उदयपुर - UDP

जेठ २८, उदयपुर | कर्तव्य ज्यान मुद्दा लागेर जिल्ला अदालत उदयपुरले एक वर्षअघि नै जेलसजायका लागि फैसला गरिसकेको तर फरार रहँदै आएका एक व्यक्ति आज उदयपुरको चौदण्डी नगरपालिकास्थित सुन्दरपुरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डी नगरपालिका– ५ बस्ने ५० व

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 982 | उदयपुर - UDP

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 1122 | उदयपुर - UDP

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

उदयपुरका किसानहरु माछापालनमा सक्रिय

Posted on June 05, 2018 | views : 30 | उदयपुर - UDP

जेठ २२, उदयपुर | पछिल्लो समय जिल्लाका किसान माछापालनमा सक्रिय हुन थालेका छन् ।  जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अहिले सबैभन्दा बढी माछा उत्पादन कटारी, त्रियुगा नगरपालिका तथा चौदण्डीको हँडिया, सुन्दरपुर र बेलका नगरपालिकाको तपेश्वरी क्षेत्रमा हुने गरेको छ ।  सात वर्ष अघि नेपाली

Read More

उदयपुरको सामुदायिक वनमा मनपरी रूख कटान

Posted on May 06, 2018 | views : 107 | उदयपुर - UDP

वैशाख २३ गाईघाट, उदयपुर | उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–८ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा केही दिनदेखि मनपरी रूख कटान भएको छ ।  जिल्ला वन कार्यालय उदयपुरका अनुसार उक्त वन उपभोक्ता समितिलाई सामुदायिक वनको ढला, परा, सुख्खा खरा रूख मात्र कटान गर्न अनुमति प्रदान गरे पनि उपभोक्ता समितिका

Read More

५० हजार घुससहित नापीका प्रमुख साह पक्राउ

Posted on April 12, 2018 | views : 317 | उदयपुर - UDP

चैत २९ उदयपुर | स्थानीय एक सेवाग्राहीको जग्गाको नक्सा परिवर्तन गरिदिने भन्ने शर्तमा सेवाग्राहीबाट घुस लिएलगत्तै जिल्ला नापी शाखा कार्यालय उदयपुरका प्रमुख श्यामबाबुप्रसाद साह अख्तियारको टोलीबाट रंगेहात पक्राउ परेका छन् ।  आज बिहान जिल्ला नापी कार्यालयस्थित कार्यालयका हाकिम साहको क्वाटरबाटै अख्ति

Read More

बम विष्फोटमा परेका पूर्वसांसद नारायण कार्कीलाई नोबेल मेडिकल कलेजको सहयोग

Posted on April 10, 2018 | views : 143 | उदयपुर - UDP

चैत २७ विराटनगर | विराटनगरस्थित नोबेल मेडिकल कलेज एवं शिक्षण अस्पतालले नेपाली काँग्रेस उदयपुरका पूर्व जिल्ला सभापति नारायणबहादुर कार्कीको उपचारमा सहयोगका लागि आज यहाँ रु एक लाख सहयोग गरेको छ ।  अस्पतालका निर्देशक सुनिल शर्माले काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूलाई उक्त रकमको चेक आज हस्तान

Read More

इँटाले हानेर मामाले मारे भान्जा

Posted on April 09, 2018 | views : 297 | उदयपुर - UDP

चैत २६, उदयपुर | उदयपुरमा आपसी विवादको क्रममा मामाद्वारा भान्जाको हत्या भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. २ झोडापाटामा उक्त घटना भएको हो ।  प्रहरीका अनुसार ४५ बर्षीय मामा कैलास सदासँग आपसमा झगडा हुँदा ५५ वर्षीय भान्जा महिनचन सदाको मृत्यु भएको हो । मामा कैलास सदाको घरमा रक्सी पिएर व

Read More

सिस्नु बिक्रीबाट लाखौँको आम्दानी गर्छन उदयपुरका महिला

Posted on April 08, 2018 | views : 262 | उदयपुर - UDP

चैत २५ उदयपुर | पहाडी गाउँ रौताका केही महिलाले वर्षेनी सिस्नु बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।  यस पटक पनि पुसदेखि हालसम्ममा रौता मलबाँसेकी ६३ वर्षीया रत्नमाया मगरले सिस्नु बिक्रीबाट लाखौँ रुपैयाँ आम्दानी गरेकी छिन् । आफूले हप्तामा तीन पटकसम्म सदरमुकाम गाईघाट झरेर रौता क्षेत्

Read More

आगलागीमा बाह्र घर जल्यो, एक बेपत्ता, छ करोडको क्षति

Posted on April 08, 2018 | views : 147 | उदयपुर - UDP

चैत २५, गाईघाट | उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।  प्रहरीका अनुसार आगलागीबाट एक वृद्धा बेपत्ता भएकी छिन् भने रु छ करोडभन्दा बढीको क्षति भएको छ ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका प्

Read More

उदयपुरको चौदण्डीमा आगलागी, २५ लाख बराबरको क्षति

Posted on March 25, 2018 | views : 277 | उदयपुर - UDP

चैत ११, उदयपुर | चौदण्डी नगरपालिका– १० स्थित हँडियामा आगलागी भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान १० बजेदेखि स्थानीयवासी गणेश निरौलाका घरबाट सल्केको आगोले निरौलाको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागी शुरु हुनेबित्तिकै जिल्ला प्रहरी र प्रहरी चौकी हँडियाको प्रहरी शक्ति आगलागी नियन

Read More

चुरियाजंगल क्षेत्रमा लागेको डढेलोको कारण कटारी क्षेत्र उच्च जोखिममा

Posted on March 25, 2018 | views : 130 | उदयपुर - UDP

चैत ११, उदयपुर | केही दिनयता देखि निरन्तर रूपमा उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित चुरिया क्षेत्रको बेलस्रोत, खसीबास, रिस्कु क्षेत्रको जंगलमा व्यापक डढेलो लागेर मानव बस्तीतर्फ बढ्न थालेपछि सो क्षेत्रका मानव बस्ती अहिले उच्च जोखिममा परेको छ ।  अहिले चुरिया जंगल क्षेत्रमा लागेको डढेलो कटारीको ब

Read More

३ महिनादेखि प्रजिअ र सहायक प्रजिअविहिन बन्दै उदयपुर

Posted on March 23, 2018 | views : 231 | उदयपुर - UDP

चैत ९, उदयपुर | जिल्लामा तीन महिनादेखि प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीविहीन बन्न पुगेपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले गर्ने प्रमुख प्रशासनिक र प्रशासन सम्बन्धित न्यायिक कार्यका निर्णय हुन सकेका छैनन् ।  प्रदेश र केन्द्रको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुनासाथ प्रमुख

Read More

उदयपुरमा एसइइ परीक्षाको तयारीमा रहेका एक छात्रको मृत्यु

Posted on March 15, 2018 | views : 212 | उदयपुर - UDP

चैत १, उदयपुर |  त्रियुगा नगरपालिका– ११ गाईघाट बजारस्थित उदयपुर बोर्डिङ स्कुलमा अध्ययनरत भई यही चैत ८ गतेदेखि हुने एसइई परीक्षाको तयारी गरिरहेका एक छात्रको हृदयाघातका कारण आज मृत्यु भएको छ ।  बिहानै घरबाट परीक्षाको तयारीका लागि ट्युशन पढ्न साइकलबाट स्कुल आउँदै गरेका त्रियुगा नगरपालिका– ९ ग

Read More

सैनिक शिविरमा १ हजारको स्वास्थ्य परीक्षण र उपचार

Posted on March 12, 2018 | views : 135 | उदयपुर - UDP

फागुन २८, उदयपुर | उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित १८ नम्बर बाहिनी नेपाली सेनाले सञ्चालन गरेको तीनदिने स्वास्थ्य शिविरमा भूतपूर्व सैनिक र तिनका परिवार तथा बहालवाला सैनिक र तिनका परिवार गरेर एक हजार ३८ जनाले स्वास्थ्य जाँच तथा उपचार गराएका छन् ।  फागुन २५ गतेदेखि भुल्केस्थित नेपाली सेनाक

Read More

जिम्मेवारी पूरा गर्न कसर बाँकी राखिने छैनः नेपाली सेना

Posted on March 11, 2018 | views : 231 | उदयपुर - UDP

फागुन २७, उदयपुर | प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना आफ्नो कर्तव्यपथमा अडिग रहेर जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सधैँ तयार रहेको बताउनुभएको छ ।  उदयपुरस्थित नेपाली सेनाको १८ नं बाहिनी भुल्केमा आज आयोजित भूपू सैनिक सम्मेलन तथा स्वास्थ्य शिविरमा उहाँले देशको सार्वभौमसत्ता, भौगोलि

Read More

कटारीमा कृषि उपज केन्द्र सञ्चालनमा आउने

Posted on March 06, 2018 | views : 108 | उदयपुर - UDP

फागुन २२, उदयपुर | अठार वर्षअघि निर्माण भएर पनि सञ्चालनमा आउन नसकेको कटारी नगरपालिकाको कटारी बजारस्थित कृषि उपज केन्द्र चाँडै सञ्चालनमा आउने भएको छ ।  कटारी नगरपालिकाको अनुसार कृषि उपज केन्द्र यही फागुन अन्तिम हप्तादेखि सञ्चालनमा आउने भएको छ । केन्द्र सञ्चालन गर्न पुनःमर्मत, खाने पानीको व्यवस्थ

Read More

उदयपुरमा विद्यार्थीलाई निःशुल्क साइकल वितरण, विद्यालय जान सहज

Posted on February 18, 2018 | views : 228 | उदयपुर - UDP

— हरिकुमार राई | फागुन ६, गाईघाट (रासस) | उदयपुर चौदण्डी नगरपालिका—२ बेल्टारका सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत् विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरिएको छ ।  बेल्टारबाट टाढा–टाढा घण्टौँ लगाएर विद्यालय तथा क्याम्पस अध्ययन गर्न जान बाध्य हुने ५० जना विद्यार्थीलाई निःशुल्क साइकल वितरण

Read More

त्रिवेणी उच्च मावि कटारीको स्वर्ण महोत्सव शुरु

Posted on February 14, 2018 | views : 148 | उदयपुर - UDP

फागुन २, उदयपुर | उदयपुरको कटारीमा अवस्थित त्रिवेणी उच्च मावि कटारीले विद्यालय स्थापनाको ५० औँ वर्ष पुगेको अवसर पारेर मंगलबारदेखि सप्ताहव्यापी स्वर्णमहोत्सव कार्यक्रमको आयोजना गरेको छ ।  उक्त सप्ताहव्यापी स्वर्ण महोत्सवको उद्घाटन एक औपचारिक कार्यक्रमबीच कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्र

Read More

उदयपुरमा दुई छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १५ लाखभन्दा बढी क्षति

Posted on February 07, 2018 | views : 191 | उदयपुर - UDP

माघ २४, विराटनगर | उदयपुर जिल्लाका दुई स्थानमा आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ ।  प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार त्रियुगा नगरपालिका–११ पुरानो सब्जी बजारस्थित भक्तबहादुर दनुवारको घरमा मंगलबार राति ८ बजे अचानक विद्युत् चुहावट भई भएको आगलागीमा ढुङ्गामाटोले बनेको दुईतल

Read More

उदयपुरमा गैरकानुनी रुपमा क्लिनिक सञ्चालित

Posted on January 30, 2018 | views : 168 | उदयपुर - UDP

माघ १६, उदयपुर | कटारी नगरपालिका, कटारी बजारमा सञ्चालन हुँदैआएका करिब तीन दर्जन मेडिकल हल तथा क्लिनिकमध्ये झण्डै डेढ दर्जन गैरकानुनी रुपमा सञ्चालन हुँदै आएका छन् ।  गत शुक्रबार र शनिबार क्षेत्रीय औषधि कार्यालय विराटनगरबाट कटारी बजारमा आएको टोलीले कटारीमा आउँदा यस्ता अवैध सञ्चालन हुँदै आएका क्लि

Read More