इँटाले हानेर मामाले मारे भान्जा

Posted on: 09 Apr, 2018

चैत २६, उदयपुर | उदयपुरमा आपसी विवादको क्रममा मामाद्वारा भान्जाको हत्या भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. २ झोडापाटामा उक्त घटना भएको हो । 

प्रहरीका अनुसार ४५ बर्षीय मामा कैलास सदासँग आपसमा झगडा हुँदा ५५ वर्षीय भान्जा महिनचन सदाको मृत्यु भएको हो । मामा कैलास सदाको घरमा रक्सी पिएर विवाद हुँदा कैलास सदाले महिनचन सदालाई इँटाले हानेर गम्भीर घाइते बनाएका थिए । घाइते भएका उनलाई उपचारका लागि लगियो । 

तर घाइते सदाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना पछी हत्यारा कैलास सदा फरार भएका छन् भने प्रहरीले खोजी जारी राखेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!