उदयपुरमा ३ दिने बृहत कृषि मेला प्रदर्शनी सुरु

Posted on: 13 Jan, 2017

अजयकुमार साह/पुस २९, उदयपुर । प्रत्येक बर्ष माघे संक्रान्तीको अवसर पारेर कृषी उत्पादन प्रबद्र्धनका लागी आयोजना हुने बृहत कृषि मेलालाई अझ भव्य रुप दिन यो बर्ष समेत आयोजना गरिएको छ ।

उदयपुरको त्रियुगा नगरपालीका वडा नम्वर ३ र ६ स्थित त्रियुगा, बरुवा र लोहाले नदिको संगम स्थल त्रिवेणीमा जिल्ला स्तरिय बृहत कृषि मेला आज बुधबार देखी सुरु भएको छ ।

मकर संक्रान्तिको अवसर पारेर जिल्लामा ३ दिने जिल्ला स्तरिय बृहत कृषि मेला प्रदर्शनी सुरु गरिएको जिल्ला कृषी विकास कार्यालयले जनाएको छ । 

प्रदर्शनी मेलामा खाद्यन्नवाली, दलहन र नगदेवाली, फलफुल, तरकारी, आलु, माछा, चाकासहिको मौरी, पराल सहितको च्याउ लगाएत कृषि उपजहरु प्रदर्शन गरिएको छ । बर्षेनी सयौं कृषकहरुले आफनो कृषी उत्पादनलाई प्रदर्शनीमा ल्याई प्रतियोगितामा सहभागी गराउने गरेकाछन् ।

जिल्ला कृषि विकास कार्यलय उदयपुरको मुख्य आयोजना र विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाको सह आयोजनाकमा मेला सुरु भएको हो । मेलामा उत्कृष्ट गुणस्तर कृषि उपज प्रदर्शनी गर्ने कृषकलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!