१३ लाखको सिंचाई योजनापछि आयआर्जनमा बृद्धि

Posted on: 08 Aug, 2017


अजयकुमार साह/साउन २४, उदयपुर । उदयपुरको साविक गाविस पोखरीको विकट गाउँ सेर्केमा गरीवी निवारण कोष नेपालको सहयोगमा लाखौंको पाइप सिंचाई योजना संचालन हुने भएपछि स्थानियको आयआर्जनमा बृद्धि हुने भएको छ । 

विशेष गरि मौसमी वेमौसमी तरकारी खेती, करेसाबारी र साना साना पोखरीको लागि लक्षित गरि निर्माण गर्न लागिएको योजनामा गरीवी निवारण कोषको ८ लाख ५३ हजार ५ सय १८ रुपैंया र समुदायको योगदान ४ लाख ५० हजार १ सय ३८ रुपैंया गरी जम्मा १३ लाख ३ हजार ६ सय ५६ रुपैंयाको लागत रहेको सहयोगी संस्था जाल्पा एकिकृत विकास समाज उदयपुरका कार्यक्रम संयोजक रुद्रप्रसाद पोखरेलले बताए । 

विगतमा गाउँलेहरु बाहिरबाट ल्याएको तरकारी किनेर खाने गरिरहेकोमा अब आफैले उत्पादन गरेपछि खान मात्रै होईन बेच्न पनि सकिने स्थानिय अगुवा छत्रबहादुर मगरले बताए । “सिंचाई योजना आएपछि त आफैले मौसमी देखि बेमौसमी तरकारी खेती हामी आफैले गर्न सक्छौं”, मगर बताउँछन । 

गरीवी निवारण कोष नेपालको आर्थिक सहयोग तथा जाल्पा एकिकृत विकास समाजको सामाजिक परिचालनमा गठन भएको सिर्जना सामुदायिक संस्था पोखरी ५ सेर्केमा आयआर्जन कृयाकलाप हाल संचालीत अवस्थामा रहेको छ । 

दोश्रो चरण मा सामूदायिक संस्थावाट पाइप सिचाइ  आयोजना माग भए वमोजिम उक्त योजना संचालनका लागी कोष संग सम्झौता भईसकेको सहयोगी संस्थाका कार्यक्रम संयेजक रुद्र प्रसाद पोखरेलले जानकारी दिए । 

आहालखोलावाट १ हजार ७ सय ५१ मिटरको लम्वाई रहेको पाईप सिंचाईको लागि कसैलै सहयोग गर्ला जस्तो लागेको थिएन, जाल्पाको साझेदारीमा गरीवी निवारण कोषले योजना सँचालन आर्थिक सहयोग गर्ने  भएकोले आफु हर्षित भएको सामुदायिक संस्थाका अध्यक्ष छत्रवहादुर मगरले वताए । 

पाईप सिचाई योजना संचालन भए पछि वाँझो रहेको वारीहरुमा मौसमी तथा वेमौसमी तरकारी खेती गरी उत्पादन वढाउन सकिने साथै आम्दानीको श्रोत वढाई गरीवी घटाउने उद्देश्य रहेको संयोजक पोखरेलले वताए । 

सिचाई आयोजना वाट २४ घरधुरीको १ सय ४३ परिवार लाभान्वित हुने भएका छन् । आफैले फलाएको तरकारी ताजाताजा खानपाउँदा रोग पनि नलाग्ने आम्दानीको श्रोत पनि बढ्ने र सामूदायिक संस्थाका सदस्यहरुको जीवन स्तरमा सुधार आउने बाटो खुलेको रौतामाई गाउँपालिका वडा नं.४ का नव निर्वाचित  अध्यक्ष चन्द्र वहादुर लायो मगरले वताए । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!