उदयपुर: प्रदेशस्तरीय महोत्सवमा दुई करोडको कारोबार

Posted on: 08 Mar, 2018

फागुन २४, उदयपुर | सदरमुकाम गाईघाट बजारस्थित त्रियुगा बसपार्क परिसरमा सञ्चालन भइरहेको दशदिने प्रदेश नं १ स्तरीय माहेत्सवमा अहिलेसम्म रु दुई करोडभन्दा बढीको कारोबार भएको छ । 

यही फागुन १५ गतेदेखि सञ्चालन भएको उक्त प्रदेशस्तरीय महोत्सवमा बुधबारसम्म सो रकम बराबरको आर्थिक कारोबार भएको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले जानकारी दिनुभयो । 

त्रियुगा उद्योग वाणिज्य संघले आयोजना गरेको सो महोत्सव शुक्रबारसम्म सञ्चालन हुनेछ । महोत्सवमा प्रदेश नं १ का १२ जिल्लाका व्यापारी तथा उद्यमीले सहभागिता जनाएका छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!