क्याम्पस भवन उद्घाटन

Posted on: 19 May, 2019

जेठ ५, उदयपुर | उदयपुर जिल्लाको चौदण्डी नगरपालिकाको बसाहास्थित नारद आदर्श क्याम्पसको नवनिर्मित भवनको शनिबार नेपालका लागि भारतीय कार्यवाहक राजदूत अजयकुमार र उदयपुर क्षेत्र नं १ का सांसद तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

भारतीय दूतावासको रु दुई करोड ९० लाखको  सहयोगमा सो दुईतले १८ कोठे नयाँ भवनको   निर्माण भएको हो । 

विसं २०७३ को भदौबाट औपचारिकरूपमा सम्झौता भई निर्माणकार्य शुरु गरेको उक्त नयाँ भवन वैशाखमा सम्पन्न भएको निर्माण कम्पनीका सञ्चालक प्रेम कार्कीले बताउनुभयो ।

भवनमा लाइब्रेरीको सुविधा, कम्युटर कोठासहित गोष्ठी हलको समेत व्यवस्था रहेको क्याम्सस प्रशासनले बताएको छ । विसं २००७ का नेपाली काङ्ग्रेसका प्रजातान्त्रिक योद्धा स्व नारदमुनि थुलुङको नाममा निर्माण गरिएको उक्त क्याम्पस भवनमा कक्षा १२ सम्म सरकारी विद्यालयको पठनपाठन हुने गरेको र स्नातक तहसम्म क्याम्पस तहको समेत पठनपाठन हुँदै आएको  क्याम्पस प्रमुख ध्रुवकुमार राईले बताउनुभयो ।  सांसद डा खड्काको पहलमा भारतीय दूतावासको आर्थिक सहयोगमा भवन निर्माण भएको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!