संविधान संशोधन र कार्यान्वयनप्रति सरकार प्रतिबद्ध छः मन्त्री लेखक

Posted on: 26 Oct, 2016

कात्तिक १०, उदयपुर । भौतिक पूर्वाधार र यातायात मन्त्री रमेश लेखकले संविधान संशोधन र कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

नेपाल प्रेस युनियन उदयपुरले आज गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “मधेसी तथा जनजातीको जायज माग पूरा गर्नका लागि सरकारले संविधान संशोधन गर्ने गृहकार्यमा लागेको र अब केही हप्तामा नै यो कार्य पूरा हुने छ ।” 

मन्त्री लेखकले सरकारको मुख्य प्राथमिकता भनेको नै संविधान संशोधन गरी यसलाई सर्वस्वीकार्य बनाउने बताउँदै संविधान कार्यन्वयनका लागि तिन तहको निर्वाचन गराउनेतर्फ सरकार पूर्ण प्रतिवद्धताका साथ कार्य गरिरहेको बताए । 

संविधान संशोधनका लागि प्रमुख तिन दल र साना दल समेतको सहभागितामा पटक÷पटक छलफल भएको र सबैको सहमतिमा नै यो कार्य पूरा हुने विश्वास पनि उनले ब्यक्त गरे । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाभियोगका विषयमा काँग्रेसले आश्यक प्रक्रिया पु¥याएर मात्र निर्णय गर्ने बताउँदै यो प्रकरणमा दल भन्दा पनि जनमत र संसद्मा सांसदको बहुमत धारणा बुझेर मात्र काँग्रेस छिट्टै निर्णयमा पुग्ने विचार व्यक्त गरे । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!