बमसहित नेकपाका कार्यकर्ता पक्राउ

Posted on: 28 Jun, 2017

असार १४, उदयपुर । गए राति रौतमाई गाउँपालिका– ७ मा नेकपाका तीन कार्यकर्तालाई प्रहरीले बमसहित पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका– १४ बस्ने ४० वर्षीय भरत बस्नेत, रौता– ७ बस्ने ३० वर्षीय तिलक तामाङ र ४६ वर्षीय ध्रुव खड्का रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । 

रौता, मुर्कची बजारबाट पक्राउ गर्दा उनीहरुका साथबाट दुई थान बम र केही हतियार बरामद भएको प्रहरी नायब उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो । कटारी नगरपालिका– १ बाट एक र गाईघाटबाट दुई जना यसअघि नै पक्राउ परिसकेको जनाइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!