चौदण्डीगढी नगरपालिकामा कांग्रेस विजयी

Posted on: 03 Jul, 2017


असार १९, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । 

कांग्रेसका मेयर उम्मेदवार खगेन्द्र राईले ६ हजार ८ सय ७० मत ल्याएर विजय भएका हुन् । राईका प्रतिद्वन्द्वी नेकपा एमालेका नगेन्द्र कुमार राउतले ६ हजार ३ सय २० मत ल्याएका छन् । 

यस्तै उपमेयरमा कांग्रेसकै रीता कुमारी चौधरीले ७ हजार ६ सय ६६ मत ल्याएर विजयी भएकी छन । उनका प्रतिद्वन्द्वी एमालेका कान्ता राईले ६ हजार ४ सय ८५ मत प्राप्त गरेकी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!