स्कुलबाट घर फर्कदै गरेकी बालिका बलात्कृत

Posted on: 29 Jan, 2017

माघ १६, उदयपुर । बाह्र वर्षीय बालिकालाई पटक पटक करणी गरेको अभियोगमा प्रहरीले उदयपुर चिलाउने गाविस– ४ का १८ वर्षीय ताराबहादुर राउतलाई पक्राउ गरेको छ । 

स्थानीय एक विद्यालयको कक्षा– ४ मा अध्ययनरत् बालिकालाई स्कुलबाट घर फर्कदै गरेको बेला बाटो छेकेर जङ्गलमा लगी करणी गर्ने गरेको खुलेपछि उनलाई शुक्रबार साँझ पक्राउ गरिएको प्रहरी चौकी सुकौराले जनाएको छ ।

विद्यालयबाट जङ्गलको बाटो भएर घर फर्कदै गर्दा गत माघ १० गते बेलुकी राउतले बालिकालाई पाखातिर लाँदै गरेको र बालिका चिच्याएको एक स्थानीयवासीले सुनेपछि उक्त घट्नाको तथ्य बाहिर आएको हो ।

बालिका डरले कामिरहेको र उक्त घट्नाबारे कसैलाई बताए राउतले पटक/पटक ज्यान मार्ने धम्की दिदैं आएका कारण आफूले बाहिर अरुलाई भन्न नसकेको भएपनि विद्यालयकी शिक्षिका सीता तामाङलाई उक्त घटनाका सम्बन्धमा बालिकाले बताएकी प्रहरी चौकी सुकौराका प्रमुख राजकुमार खड्का बताए ।

बालिकाको अभिभावक र विद्यालयकी शिक्षिकाको जाहेरीमा प्रहरीले राउतलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख उपरीक्षक नरबहादुर केसीले बताए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!