रुखबाट खसेर कार्कीको मृत्यु

Posted on: 29 Mar, 2017

चैत १६, उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१६ स्थित शाहीखोला बस्ने वर्ष ६० का कान्छा कार्कीको मङ्गलबार बेलुकी स्थानीय जङ्गलको रुखबाट खसेर मृत्यु भएको छ । 

स्थानीयवासी कृष्णराज खड्काका अनुसार कार्कीले दिनभर घरमा कामगरी बेलुकी पख जङ्गलमा घाँस काट्न गएका थिए । 

जङ्गलमा गएर जामुनको रुखमा घाँस झार्न चढेका कार्कीलाई कमिलाको गोलाको कमिलाले टोक्न थालेपछि कार्की अचानक आत्तिएर रुखबाट खसेका कारण कार्कीको तत्कालै मृत्यु भएको खड्काले बताएका छन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!