उदयपुरमा आधुनिक पुस्तकालय निर्माण गर्न युएईबाट ४३ हजार सहयोग

Posted on: 08 Apr, 2017

हेम चन्द्र राई/चैत २६, युएई । वैदेशिक रोजगारको क्रममा रहेको नेपालीहरुले उदयपुर जिल्ला स्थित कटारी नगरपालिका १४ नम्बर वडामा रहेको श्री चन्द्रावाती उच्च माद्यामिक बिधालय लेखानीलाई युएईबाट ४३ हजार ८ सय रुपैयाँ सहयोग भएको छ । 

सामाजिक संजालबाट थालिएको " आफ्नो गाउँ आफैं बनाउ , चउमावीमा आधुनिक पुस्तकालय निर्माण गरौं " भन्ने नाराको साथ अभियान गत २६ डिसेम्बर २०१६ मा " साझा समाज लेखानी " ( shared society lekhani ) गठन भएको थियो । 

१९ सदस्यीय समिति गठन गरेर थालिएको उक्त अभियान सामाजिक संजाल फेस बुक मार्फत आर्थिक सङ्कलन गरिएको हो । आधुनिक पुस्तकालय निर्माण अभियानमा हालसम्म वैदेशिक रोजगारीको सिलसिलामा  मलेसिया , कतार , बहराइन, साउदी अरेबिया, कुवेत, नेपाल, युएई लगाएतका मुलुकमा रहेका लेखानीवाशीको साथै  मनकारी सामाजिक भावनाले ओतप्रोत व्यक्तिहरुले सहयोग सङकलन गरेका छन ।

युएईबाट ओखलढुंगा निवासी बाला राई ३ हजार , मोरङका रेनुका राना मगर ३ हजार, सिन्धुपाल्चोक निवासी सरिता बस्नेत ३ हजार, गुल्मीका सुनिता भण्डारी ३ हजार ,सितल राई २,८०० रुपैया , ताप्लेजुङका गौरव लिम्बु पन्दाक ५,८००, मकवानपुरका कृष्ण प्रसाद कर्पौला ५,८०० सिन्धुली दुधौलीका गुणराज फुयाल १,४५०, उदयपुर लेखानीका हेम चन्द्र राई १६,९५० रुपैयाँ गरि ४३ हजार ८ सय रुपैयाँ श्री चन्द्रा वति उच्च माद्यामिक बिधालयको आधुनिक पुस्तकालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेका हुन  ।

 हालसम्म ४ लाख ३० हजार भन्दा धेरै प्रतिबद्धता रकम जाहेर भएकोमा हालसम्म २ लाख ९० हजार भन्दा धेरै सहयोग रकम जम्मा भएको साझा समाज लेखानीको कोष अध्यक्ष कोमल प्रसाद प्याकुरेलले जानकारी गराएका छन । उदयपुर जिल्लाको विकट गाउँ राजनीति तथा सामाजिक आर्थिक हिसाबले पछि परेको यश क्षेत्रमा आम वैदेशिक रोजगारमा रहेको तथा मनकारी दाताहरुबाट पैसा सङ्कल गरेर आधुनिक पुस्तकालय निर्माणका लागि य अभियान चालिएको मलेशिया रहेका समाजको सचीव  शम्भु कुमार राईले जानकारी गराएका छन ।

आउदो नयाँ वर्षमा श्री चन्द्रावति उच्च माध्यमिक बिधालय लेखानीलाई आधुनिक पुस्तकालय हस्तान्तरण गर्ने गरि अभियान चालिएको साझा समाजको अध्यक्ष पेशल खप्तरी मगरको योजना रहेको छ । उक्त बिधालयमा कक्षा १ देखि १२ कक्षासम्म अध्यन भएको र हाल ५ सय भन्दा धेरै मगर, राई, न्यवार, आदिवासी जनजाति, दलित, ब्राह्मण समुदायको छोराछोरीले अध्यन गर्दछन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!