करेन्ट लागेर चित्रबहादुर विकको मृत्यु

Posted on: 16 Apr, 2017

वैशाख ३, गाईघाट। त्रियुगा नगरपालिका– १० स्थित करमगाछी बस्ने १६ वर्षीय चित्रबहादुर विकको आज बिहान १० बजे मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार दिदीको घर बजोगिदह– २ मा गएका विकलाई बिहान घरमा मोबाइल चार्ज गर्न लाग्दा अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भएका विकको उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!