सुतिरहेकी किशोरी बलात्कार गरेको आरोपमा मगर पक्राउ

Posted on: 08 Jun, 2017

जेठ २५, उदयपुर । राति सुतिरहेकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा उदयपुर जिल्लाको बेलका नगरपालिका–६ बबला बस्ने २५ वर्षीय रामकुमार मगरलाई पक्राउ गरिएको छ । 

मगरलाई किशोरी बलात्कार गरेको आरोपमा आज बिहानै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । बुधबार राति मगरले किशोरीको घरमा गएर जबर्जस्ती करणी गरेको पीडित किशोरीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । 

किशोरीले छिमेकीलाई हारगुहार गरेर कराएपछि मगर फरार भएका थिए । प्रहरीमा आज बिहानै खबर आएपछि मगरलाई खोजी गरेर पक्राउ गरिएको इप्रकाका प्रमुख सुबास राईले बताउनुभयो । पीडित युवतीलाई उपचारका लागि बिपी मेमोरियल अस्पताल सुनसरी लगिएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!